मन्थली २ को पिप्ले सामुदायिक वनमा भीषण आगो लागी, एक घर जल्यो (भिडिओसहित)

| फागुन १२, २०७९ शुक्रबार

A A A
A A A

१२ फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा २ पिप्ले सामुदायिक वनमा भीषण आगो लागी भएको छ । कसैले लगाइ दिइएको अनुमान गरिएको आगोले भीषण रूप लिँदा मान्छे नबस्ने स्थानीय धुब्र बहादुर श्रेष्ठको एक घर जलेको सोही वडाका अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनले भने ‘कसैले लगाइदिएको जस्तो देखिन्छ।  हिजैबाट सामान्य रूपमा सल्किएको आगो आज एक्कसी व्यापक रूपमा सल्किँदा एउटा मान्छे नबस्ने घर र सामुदायिक वन ध्वस्त बनेको छ ।’

आगो सशस्त्र प्रहरी, जनपथ, मन्थली नगरपालिकाको दमकल, स्थानीयहरूको सक्रियतामा निभाउने प्रयास जारी छ । नेपाली सेना पनि त्यस तर्फ जाँदै गरेको वडा अध्यक्ष कार्कीले जानकारी दिए । 

 

साबिक कोठजोरको गाविसको वडा नं ८ स्थित धुर्बकुमार श्रेष्ठको घर जलेको उनले बताए । ‘लिपे खोलाको पुच्छदेखि लागेको आगो दन्किएको छ । अहिले माथि पेप्ले सामुदायिक वनसम्म धेरै फैलिएको छ । गाउँ नजिकै आगो लागेकाले थप त्रास फैलिएको छ । 

 

सुख्खा याम लागेसँगै जिल्लामा दैनिक जसो आगो लागिका घटना घट्न थालेका छन् ।