उमाकुण्डमा ‘दुगड् हाइड्रो’ले उपचार गर्न चासो नदिँदा कामदारको ज्यान गयो, क्षेती पूर्ति दिन सक्दिनँ भनेपछि ३ दिन देखि शव उठेन, २८ दिने शिशुसहित परिवारको बिचल्ली

| फागुन १३, २०७९ शनिबार

A A A
A A A

१३ फागुन, रामेछाप । रामेछाप र सोलुखुम्बुको सीमा भएर बहने लिखु नदीमा निर्माणाधीन जलविद्युत आयोजनाले कर्मचारीको उपचारमा हेलचेक्रइ गर्दा एक जना कामदारले ज्यान गुमाएका छन् । 

 

जलविद्युत आयोजना निर्माण कम्पनी ‘एम भी दुगड् हाइड्रोपावर’मा विगत २ वर्षदेखि सवारी चालकको काम गर्दै आएका उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रिती घर भएका ४१ वर्षीय ‘मिलन’ भनेर चिनिने उद्योग बहादुर कटुवाल रहेका छन् । उनको गत बिहीबार ज्यान गएको कटुवालका सोही ठाउँ घर भएका भाञ्जा कविराज कार्की (कपिल) ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार गत बिहीबार दिनको १२ बजे तिर कटुवालको निधन भएको हो । केही दिनदेखि बिरामी परेका कटुवालले आफू बिरामी परेको कम्पनीलाई जानकारी गराएर उपचारको लागि माग गरेका थिए । साथै उनले आफू बाँच्न चाहने भन्दै तत्काल हेलिकप्टर मगाइ दिने गुहार गरेको कार्कीले सुनाए । 

 

‘उहाँले मआफै पे, गर्छु, हेलिमगा दिनुहोस् भन्दा सुने नसुनेको गरेर साइड्का एक जानले एउटा औषधि दिएछन् । त्यसपछि साइडबाट तल अफिस (किन्जा) सम्म पानी बोक्ने ट्याङ्करमा हालेर पठाइदिएछन् । ट्याङ्कर बाटैमा बिग्रिएछ । त्यसपछि तल आइपुग्दा उहाँको डेथ भएछ, हामीलाई खबर आयो, कार्कीले भने ।’

 

ज्यान गुमाएका कटुवालको परिवारले कम्पनीको लापरबाहीको कारण ज्यान गएको भन्दै कम्पनीले क्षति पूर्ति नदिएसम्म शव नचलाउने निधो गरेको उनले सुनाए । 

 

अबेला भएपछि कम्पनी, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र मृतककी श्रीमती र आफन्ता सहित भएको छलफलमा कम्पनीले ५ लाख मात्रै क्षेती पूर्ति दिने भनेपछि छलफल छोडेर पीडित समूह बाहिरिएको थियो । उनीहरूले कम्पनीले २५ लाख रुपैयाँ र मृतक कटुवालक छोराछोरीको पठनपाठनको जिम्मा लिनु पर्ने माग गरेका थिए । तर, कम्पनीले त्यो अस्वीकार गरेपछि स्थिति तनाव ग्रस्त बनेको हो । 

 

हाम्रो माग पहिलेका मृतकका परिवारले पाएको पाएको बराबरको क्षेती पूर्ति र बालबालिकाको पठनपाठनको जिम्मेवारी थियो । तर, कम्पनीले सक्दिन भनेपछि अहिले स्थिति अर्कै बनेको छ, कार्कीले भने । 

 

मृक कटुवालका दुई छोरा र दुई छोरी छन् । जुन एक छोरी २८ दिन अगाडि मात्रै जन्मिएकी छिन् । मृतक कटुवालकी श्रीमती २८ दिने सुत्केरी हुन् । उनी २८ दिने नाबालकलाई लिएर कम्पनीमा श्रीमानको शव बुझ्न पुगेकी हुन् । तर, कम्पनीले माथिबाट मृतकको परिवारले राखेको माग पुरा गर्न सक्दिन भनेपछि उनीहरूको बिचल्ली भएको छ । 

 

तपाईँहरू जे–जे सक्नु हुन्छ गर्नुहोस् हामी सक्दैनौँ भन्नु भयो माथिबाट, बच्ची सिकिस्तै बिरामी छिन् कार्कीले भने । जसको कारण मृतकको शव तीन दिन देखि उठ्न सकेको छैन । 

 

उता कम्पनीका इन्चार्ज इन्द्र जित कार्की भने नीति भन्दा बाहिर गएर काम नहुने बताउँछन् । रामेछाप टाइम्ससंग इन्चार्ज कार्कीले भने उहाँ हार्टको पेसेन्ट हुनुहुँदो रहेछ । पहिले देखिनै औषधि खाँदै आउनु भएको थियो रे । त्यसैले हाम्रो कारण ज्यान गएको हैन । त्यो गलत हो । त्यसैले हामी कम्पनीको कारणले ज्यान गएको कुरा स्वीकार गर्न सक्दैनौँ । त्यो नियमले दिँदैन ।’

 

उहाँहरूबाट २५ लाख, बालबालिकाको खानपान, पठनपाठन सहित  काम गर्न सक्नेलाई रोजगारीको माग भएकाले त्यो पुरा हुने व्यवस्था छैन । त्यो नजिर राखेमा कम्पनीलाई पनि अप्ठ्यारो पर्छ । अरू घटना पनि हुन्छन् त्यो अहिले सकिँदैन । त्यसैले यस्तो भयो ।’

 

कार्की आफूहरूले बिरामी भएको थाहा पाए लगत्तै उपचारको लागि उद्धार गरेको भन्दै कम्पनीको एम् बिबिएस डाक्टरले चेकप गरेको बताए ।