रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक, अध्यक्ष र वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न १५ हजार ५००

| फागुन १४, २०७९ आइतबार

A A A
A A A

१४ फागुन, रामेछाप । आउँदो फागुन २७ गते शनिवार हुन लागेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ । संघको उम्मेदवार बन्न जमानत (धरौटी रकम) अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदको लागि समानत १५ हजार ५ सय, पदाधिकारीहरूको लागि १० हजार ५ सय र सदस्य पदको लागि ७ हजार ५ सय तोकेको संघको निर्वाचन सचिवालयले जनाएको छ । यो रकम गत निर्वाचनमा बराबरकै रहेको कार्यालयले रामेछाप टाइम्सलाइ बतायो ।

 

आगामी शनिवार हुन लागेको आठौँ जिल्ला अधिवेशन (निर्वाचन) संघको गत फागुन ७ गते नियमित कार्य समितिको निर्णय र सङ्घ, निर्वाचन समितिको आइतबारको निर्णय अनुसार निर्वाचन कार्य तालिका प्रकाशित गरिएको निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । 

 

उनका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आजीवन कार्य समिति सदस्य, महिला कार्य समिति सदस्यको लागि निर्वाचन हुन लागेको हो । 

 

तीन वर्षे कार्यकाल हुने संघको खुल्ला सदस्य तर्फ ५ जना निर्वाचित हुने छन् । सार्वजनिक निर्वाचन कार्य तालिका अनुसार १५ गते मतदाता नामावली प्रकाशन,१६ गते मतदाता नामावली त्रुटि सच्चाउने, १७ गते नामावली उपर दाबी विरोध गर्ने उल्लेख छ । 

 

त्यस्तै १८ गते दाबी विरोध उपर छानबिन गरी निर्णय गर्ने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन गरिने उल्लेख छ । 

 

१९ गते उम्मेद्वारहरुको मनोनयन पत्र दर्ता र सोही दिन उम्मेद्वारहरुको नामावली प्रकाशन गरिने निर्णय गरिएको छ । २० गते उम्मेद्वारी उपर दाबी विरोध, २१ गते दाबी विरोध उपर छानबिन गरी उम्मेद्वारहरुको नामावली प्रकाशन र सोही दिन उम्मेद्वारहरुको नाम फिर्ता  रहने जनाइएको छ । 

 

त्यस्तै २२ गते सोमबार उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन,२३ गते नमुना मतपत्र सम्बन्धि छलफल हुने र २७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने मुख्य संघको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । 

 

निर्वाचनमा जुटेको उद्योग वाणिज्य सङ्घले जिल्ला समन्वय समिति कार्यालय परिसर मन्थलीमा मतदान केन्द्र तोकेको छ । ८५ आजीवन, ५ जना एशोसेट र १२ सय ९७ साधारण सदस्य गरी कुल १३ सय ८७ मतदाता रहेका छन् ।  

 

२०४९ साल फागुन २१ गते स्थापना भएको सङ्घले २०७८ सालको ७ औँ जिल्ला अधिवेशनमा भन्दा २८८ सदस्यता सङ्ख्या थप भएको जनाएको छ । यसअगाडिको अधिवेशनबाट केशव प्रसाद घिमिरेको टिम निर्वाचित भएका थिए ।  

 

 निर्वाचन तालिका हेर्नुहोस् ।