मन्थलीको धारापानीमा हावाहुरीले एक घरको छानो उडायो,जनप्रतिनिधिले तत्काल गरे उद्दार

| फागुन १५, २०७९ सोमबार

A A A
A A A

१५ फागुन, रामेछाप । आइतबार परेको पानीसंंगै चलेको हावाहुरीले मन्थलीमा एक घरमा क्षेती पुर्‍याएको छ । तर, जनप्रतिनिधि सहितको टोलीले तत्काल उद्दार गरेका छन् । 

 

मन्थली नगरपालिका वडा नं २ धारा पानीमा आइतबार चलेको हावाहुरीले स्थानीय नारायण कार्कीको ढुङ्का माटोले बनेको कच्ची घरको छानो उडाएको सोही वडाका अध्यक्ष सुरेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

 

सडक मुनी रहेको कार्कीको घरको छानो उडाएर सडकमा पुर्‍याएपछि  मन्थली–धोबी सडक समेत केही समय अवरोध भएको उनले बताए । 

लामो समयपछि परेको पानीसँगै बेस्सरी हावा चल्दा उडाएको थियो । छानो उडाएर पीडित कार्कीको परिवारको वडा अध्यक्ष सुरेन्द्र सहित बिपत व्यवस्थापन समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष कृष्ण गोपाल थापासहितको टिमले तत्काल कार्कीको घरको व्यवस्थापन गरेको छ।  

 

उद्धार भएसँगै सडक पनि खुलेको उनले जानकारी दिए ।