दुगर्डमा कामदारको ज्यान गएको घटना प्रकरणः मृतकको परिवारले बाध्य भएर गर्‍यो १५ लाखमा सम्झौता, ५ दिनपछि बुझे शव (भिडिओसहित)

| फागुन १५, २०७९ सोमबार

A A A
A A A

१५ फागुन, रामेछाप । गत बिहीबार उपचार नपाएर ज्यान गुमाएका दुगर्ड हाइड्रोपावर कम्पनीमा कार्यरत उद्योग बहादुर कटुवालको परिवारले बाध्य भएर कम्पनीसँग सम्झौता गरेको छ । 

 

सोमबार कटुवालले ज्यान गुमाएको ५ दिनपछि आफूहरूले बाध्य भएर कम्पनीसँग सम्झौता गरेको ज्यान कटुवालका भञ्जा कविराज कार्की (कपिल) ले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हामी आफै बाध्य भएर निर्णय गरेका छौँ । जसमा कम्पनीले इन्सुरेन्स बापतको १० लाख रुपैयाँ र किरिया खर्च नगद ५ लाख रुपैयाँ दिने निर्णय भयो, कार्कीले भने ।’

 

रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखु पिके गाउँपालिका सीमा भएर बहने लिखु नदीमा निर्माणाधीन जलविद्युत आयोजनामा दुई वर्ष देखि कार्यरत उमाकुण्डको प्रिती घर भएका कटुवालको मुटु रोगबाट एक्कासि निधन भएको थियो । उनको कम्पनीको लाचारीपनले ज्यान गएको भन्दै आफन्तले शव बुझेका थिएनन् । तर, आज ५ औँ दिनपछि मृतककी श्रीमती र २८ दिने शिशुको स्वास्थ्य समेत थप जोखिममा परेपछि बाध्य भएर सम्झौता गर्नु पर्नेको मृतक कटुवालका भान्जा कार्कीले रामेछाप टाइम्सलाई बताए । ‘शवको खोलिएको छ । मन्थली ल्याउन सकिने स्थिति छैन । अब के गर्ने हामी छलफलमै छौँ । एक जनालाई त गुमायौँ । थप दुई जनालाई पनि गुमाउनु पर्ने डरले हामी झुकेका हौँ उनले भने ।’

उनका अनुसार एक महिना अगाडि मात्रै जन्मिएका शिशु र मृतक कटुवालकी श्रीमती दुवै जना बिरामी परेका छन् । 

 

आइतबार उमाकुण्ड र लिखुपिके गाउँपालिकाका जनप्रतिनिधि सहित कम्पनीसँग भएको छलफलले स्थिति थप तनाव ग्रस्त भएपछि आफूहरू शव छोडेर बाम्तीभण्डार आएर बसेको र त्यहाँ मृतककी श्रीमती र नाबालक शिशु बिरामी परेपछि आफूहरूले यो निर्णय गर्न पुगेको उनले स्पष्ट परे । 

ज्यान गुमाएको ५ दिन पछि शव खोल्दा यस्तो अवस्थामा शव 

यस अगाडि मृतकको परिवारले नगद २५ लाख सहित मृतकका ४ जना छोराछोरीको पठनपाठन सहितको माग गर्दै शव बुझ्न मानेका थिएनन् । अहिले नगद ५ लाख र तीन महिनापछि इन्सुरेन्स बापतको १० लाख रुपैयाँमा सम्झौता भएको उनले सुनाए । आफूहरूले अहिले शव बुझेको उनले सुनाए । 

 

यता उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले भने हाइड्रोपावरले दादागरि देखाएर कामदारको ज्यान लिएको भन्दै जिल्लाबाट पत्रकार बोलाएर घटना बाहिर ल्याउन पहल गर्न भन्दै पत्रकार बोलाएका छन् । जसअनुसार नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे सहितको टिम मन्थलीबाट सोमबार बिहान पालिका तर्फ गएका छन् ।