मन्थली–३ ले दियो वडा भित्रका २११ जना वृद्धवृद्धालाई न्यानो कपडा

| फागुन १७, २०७९ बुधबार

A A A
A A A

१७ फागुन, रामेछाप । मन्थली नगरपालिका वडा नं ३ ले वृद्ध वृद्धालाई न्यानो कपडा प्रदान गरेको छ । प्राविधिक कारणले ढिला भएको भन्दै जाडो मौसम सकिन लाग्दै गर्दा ओढ्ने कम्बल लगाएका न्यानो कपडा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । 

 

मङ्गलवार वडाका विभिन्न स्थानमै पुगेर वडा भित्र रहेका वृद्धवृद्धाहरुलाई एक एक थान न्यानो कपडा बल्याङकेट् प्रदान गरिएको वडा अध्यक्ष कृष्ण गोपाल थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘जाडो सकिन लागेपछि आगामी दिनमा ओढ्न हुन्छ । प्राविधिक कारणले ढिला भयो । तर, जनतासँग भोट माग्दा गरेको बाचा पूरा गर्ने बाटोमा अगाडि बढ्दै गर्दा यो सफल भयौँ अध्यक्ष थापाले रामेछाप टाइम्ससंग भने ।’

 

उनका अनुसार वडाका वृद्ध वृद्धालाई पायक पर्ने गरी कूल दुई सय ११ जनालाई न्यानो कपडा हस्तान्तरण गरिएको जानकारी गराए । न्यानो कपडा पाएपछि खुसी भएका वृद्धवृद्धाहरुले छोराले गर्नु पर्ने अध्यक्षले गर्नु भयो भनेर धन्यवाद दिए । सबैले राम्रो माने उनले सुनाए । 

 

अनुत्पादक क्षेत्रमा लगानी गरेको स्वीकार गर्दै अध्यक्ष थापाले यो बजेट भनेको भोक लाग्दा खानाको आवश्यकता गर्छ, त्यो प्राथमिकतामा हुन्छ मैले भात भएको मात्रै हो अरू आगामी दिनमा गर्दै जाने तर्क गरे । 

 

आफूले निर्वाचित भएर आए देखिनै जनताको सेवामा खटिएको दाबी गर्दै उनले आउँदो ५ वर्ष भित्र १७ वटा काम गर्ने निधो सहित खाका तयार पारेको बताए । उनले आफूले खानेपानी, शिक्षा, सडक, कुलो लगायत १७ वटा मुख्य काम गर्ने योजना सुनाउँदै जनमैत्री काम गर्ने प्रतिबद्धता जनाए । 

भिडिओ हेर्नुहोस्