मन्थलीमा प्रहरी जवानबाट कुटिए व्यवसायी युवा

| फागुन १७, २०७९ बुधबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१७ फागुन, रामेछाप । रामेछापको मन्थलीमा प्रहरीले एक जना युवालाई कुटेको छ । सर्लाही घर भई  हाल मन्थली  बजारमा माेटरसाईकल वर्कसप चलाउदै आएका अन्दाजी २४/२५ वर्षीय रमेश महत्ताेलाई प्रहरी जवान संजिव यादवले कुटपिट गरेका हुन् । 

 

नेपाल रेड्क्रस भवनकाे सटरमा वर्कसप चलाउदै आएका महत्ताे र प्रहरी जवान यादवबिच रहेको आर्थिक काराेबारकाे बिषयलाई लिएर बुधबार साँझ ७ :३० बजेकाे समयमा कुट्पिट् भएको हाे । प्रहरी जवान यादवकाे मुक्का प्रहारबाट महत्ताेकाे आँखामाथि चाेट् लागेकाे र रगत बगेकाे छ । `आँखामाथिबाट रगत बगेकाे छ, निकै हल्लिखल्लि भयाे प्रहरी मातेकाे अवस्था थिए प्रत्येक्ष दर्शिले बताए  ।´

त्यसपछि प्रहरी यादवलाई प्रहरीको टाेलीले नियन्त्रणमा लिएर लगेकाे थियाे ।

झगडा भएको स्थान, तस्बिर मिलन घिमिरे / रामेछाप टाइम्स ।

मुक्का प्रहारबाट चाेट् लागेका महत्ताेलाई देवकोटा चाेकमा हरेका प्रहरी सहितले उद्दार गरि रामेछाप सामुदायिक अस्पतालमा लगिएकाे थियाे । उनकाे अवस्था सामान्य रहेको छ । 


घट्नाबारे रामेछाप टाइम्ससंग कुरा गर्दै जिल्ला प्रहरी प्रमुख (डिएसपी) हाेमबहादुर पराजुलीले प्रहरी जवान यादव यहाँकाे प्रहरी नभएको दाबी गरे । उनले भने `उनी यहाँबाट ८ गते रमाना भएका हुन् । उनी प्रहरी हुन् । तर यहाँको प्रहरी हुन् भन्न मिल्दैन  । यद्यपिकुटपिट भएको स्वीकार गर्दै उनकाे हाम्रै साथिहरुले उपचार गराएका छन् । भाेलि बिहान १० बजेपछि दुवैलाई बाेलाएका छाै ।साेध्पुच्छ गर्छाै ।´


डिएसपी पराजुलीका अनुसार गत ८ गतेनै सरुवा भैसका यादव बुधबार सम्म पनि नगएका हुन् ।