रेड्क्रस् रामेछाप शाखाद्वरा स्वास्थ्य सामाग्री हस्तान्तरण

| जेठ २०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२० जेठ, रामेछाप । नेपाल रेड्क्रस सोसाईटी रामेछाप शाखाले स्वास्थ्य सामाग्री वितरण गरेको छ । 

 

 

बिहिबार कोरोना महामारीसंग लडिरहेका जिल्लाका सम्बन्धित निकायहरुलाई सामाग्री हस्तान्तरण गरेको रेड्क्रस जिल्ला शाखाका मन्त्री प्रकाश श्रेष्ठले  रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला अस्पताल रामेछाप, नयाँ गोरख गण रामेछाप, जिल्ला प्रहरी कार्यालय रामेछाप, सशस्त्र प्रहरी बल रामेछाप,  जिल्ला ट्राफिक प्रहरी रामेछाक र प्राथामिक स्वास्थ्य केन्द्र रामेछापलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

 

उनका अनुसार प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीलाई भने अस्पतालमा उपचारको लागि आवश्यक पर्ने केही मेडिकल उपकरणहरु पनि हस्तान्तरण गरिएको छ । 

 

मन्त्री श्रेष्ठका अनुसार कोरोना महमारीसंग जुध्नको लागि सहयोग होस् भन्ने उदेश्यका साथ स्यानिटाईजर, मास्क, हात र कपडा धुने साबुन, प्रसनल प्रटेक्टिभ ईकुप्मेन्ट् (पिपिई) सेट लगाएतका सामाग्री प्रदान गरिएको हो । 

फोटो प्रकाश श्रेष्ठको फेस्बुकबाट साभार

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार