जेसीबी पल्टिएर घरमाथि खस्दा लिखु तामाकोशीमा एक घर पूर्ण रूपमा क्षति, जेसीबीका धनीलाई हेलिकप्टरमा लगियो काठमाडौँ

| फागुन १९, २०७९ शुक्रबार

A A A
A A A

१९ फागुन, रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ३ मा जेसिवी पल्टिएको छ । जेसिवी पल्टिएर घर थिच्दा एक घरमा पूर्ण रूपमा क्षति पुगेको सोही वडाका स्थानीय एवं बाल कन्या देवी आ.वि.का प्रधानाध्यापक तेन्जेन बहादुर तामाङले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘जेसीबीले घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ । भूकम्प प्रतिरोधी घर हो । मान्छे अर्को घरमा बसेकाले जोगिएछन् । तर, घरको सबैभन्दा तलको (डिपिसि) भन्दा माथिको सबै चर्किएको छ, प्रअ तामाले भने ।’

 

जेसीबी पल्टिँदा स्थानीय गम्बहादुर खत्रीको घरमा पू्र्णरुपमा क्षति पुगेको हो । जेसिवी के कारणले पल्टिएको खुलेको छैन । 

जेसिबी सोही पालिका वडा नं ७ तिल्पुङ निवासी रामु श्रेष्ठको रहेको बताइएको छ । श्रेष्ठको स्वास्थ्यमा बिहीबारै एक्कासि समस्या भएपछि हेलिकप्टरबाट काठमाडौँ लागिएको छ । उनको अहिले काठमाडौँको बाँसबासी स्थित न्युरो अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनको स्वास्थ्यमा सुधार आएको नेता सुन्दर खड्काले जानकारी दिए । तर, उनी सोही जेसिबी दुर्घटनामा परेका हुन् या होइनन् भन्ने जानकारी रामेछाप टाइम्सलाई पुष्टि भएको छैन । 

 

नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष समेत रहेका निर्माण व्यवसायी श्रेष्ठको हेलिकप्टरबाट काठमाडौँ लगिएको घटना क्रम बारे सोध्पुछ्को क्रममा उनी जेसीवी पल्टिएपछि बेहोस भए र काठमाडौँ लागिएको जानकारी प्राप्त भयो । जेसिबी पल्टिएको र श्रेष्ठ एक्कासि बिरामी पर्नु बारे थप अनुसन्धान जारी छ ।