जिल्ला प्रशासन रामेछापले भन्यो ‘इच्छा विपरीत र उत्श्रृंखल किसिमले होली खेल्नेलाई कारबाही हुन्छ, सभ्य भएर खेल्नु’

| फागुन २१, २०७९ आइतबार

फाइल फोटो ।
A A A
A A A

२१ फागुन, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले ‘होली अर्थात् ‘फागु’ पर्व’ सभ्य रूपमा मनाउने आग्रह गरेको छ । जबरजस्ती रङ्ग, कालो, हिलो, अण्डा, लोला जस्ता रङ्ग दल्नेलाई कारबाही हुने समेत प्रशासनले भनेको छ । पहाडी जिल्लामा भोलि सोमबार र तराईका जिल्लामा पर्सी मङ्गलवार होली पर्व मनाइँदै छ । 

 

होलीको पूर्वसन्धायामा एक सूचना जारी गर्दै आज आइतबार एक सूचना जारी गर्दै भनेको छ ‘धार्मिक एवं सांस्कृतिक दृष्टिले होली (फागु) पर्वको महत्त्व हुने हुँदा सबैमा मर्यादित र सभ्य ढङ्गले होली पर्व मनाउनु ।’

 

होली पर्व मनाउने नाममा इच्छा विपरीत जबरजस्ती, अमर्यादित, गैर कानुनी र उत्श्रृंखल किसिमका कुनै पनि व्यवहार गर्नु, इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने, कसैलाई अनावश्यक दुःख दिने, बाटो ढुकेर बटुवालाई रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता कार्य नगर्न पनि प्रशासनले स्पष्ट भनेको छ । 

 

सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले एक शुभकामना सहितको पत्र जारी गर्दै ‘वातावरण तथा जनस्वास्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको रङ्गिन बस्तुहरू, केमिकल, प्लास्टिकजन्य सामाग्रीहरूको प्रयोग नगर्न÷नगराउन भनेको उल्लेख गरिएको छ । यदि कानुन विपरीतका गतिविधिहरू गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ । 

 

सूचना पढ्नुहोस्