रामेछापको गुन्सालमा बेहुला-बेहुली सहित २५ जना सवार गाडी पल्टियो, १५ जना घाइते, ४ को अवस्था गम्भीर

| फागुन २१, २०७९ आइतबार

A A A
A A A

२१ फागुन, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा ५ गुन्सलमा बिहेको गाडी दुर्घटनामा परेको छ । गाडीमा २५ जना सवार रहेको घटना स्थलबाट स्थानीय प्रज्वल श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार दोरम्बा शैलुङ्कै वडा नं ६ को रजमन्टारबाट जागु गएर फर्कँदै गरेको विवाहको गाडी गुन्साल भन्ने ठाउँमा उकालो बाटोमा ब्रेक फेल भएको दुर्घटनामा परेको हो । ‘उकालो थियो, ब्रेक नलागेर पल्टियो सबैको उद्धार भएको छ । १५ जना घाइते भए उनीहरूलाई काठमाडौँ लागिसकियो ।’ तर, बेहुला,बेहुलीको अवस्था भने सामान्वय रहेको श्रेष्ठले बताए । 

 

 

श्रेष्ठका अनुसार १५ जना घाइते भएकोका छन् भने ४ जनाको अवस्था गम्भीर छ । बेहुला, बेहुली समेत सवार रहेको बा ८ च ७२७३ नम्बरको पछाडि सामान बोक्ने बोलेर गाडी दुर्घटना भएको हो । 

 

घाइते भएका १५ जनाको दुई वटा एम्बुलेन्स मार्फत काठमाडौँ लिएको उनले बताए । घटना बारे दुःख व्यक्त गर्दै सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले पनि दुई वटा एम्बुलेन्स मार्फत सबैको उद्धार भएर काठमाडौँ तर्फ ल्याइँदै छ, रामेछाप टाइम्ससंग भनिन् ।