स्थानीय तहसँग स्रोत छैन, विकास गर्न संघ र प्रदेश सरकारको मुख ताक्नु पर्ने अवस्था छ- मेयर श्रेष्ठ (भिडिओ)

| फागुन २६, २०७९ शुक्रबार

A A A
A A A

२६ फागुन, रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले स्थानीय तहसँग स्रोत नहुँदा स्थानीय सरकारले विकास निर्माणको काम गर्छु भन्न अब संघ र प्रदेश सरकारको मुख ताक्नु पर्ने अवस्था रहेको बताएका छन् । स्थानीय तहको विकास गर्न प्रदेश र संघ सरकारको प्रमुख भूमिका हुने बताएका बताउँदै उनले भने ‘प्रभाव मुख्य भूमिका माथिको हुने रहेछ । आन्तरिक स्रोत नहुँदा, परनिर्भरता हुनु परेको छ । पालिकासँग निजी स्रोत छैन । त्यसैले स्थानीय सरकारले परनिर्भर्तामा पर्दा गर्छु भनेको काम गर्न नसकिने रहेछ । माथिल्लो सरकारको भूमिका नै प्रमुख हुने रहेछ । माथि सरकार कसको हुन्छ भन्ने पनि हुने । केही अगाडि हामी प्रदेश पुग्यौँ, मन्त्रीले केही बजेट र तत्काल केही गुनासो सुनिदिनुभयो । आगामी बजेटमा पनि गुनासो सम्बोधन गर्छु भन्नु भएको छ ।’ 

 

मुलकनै आर्थिक सङ्कटमा रहेकाले नगरमा पनि त्यसको असर पर्नु ठुलो कुरा नरहेको भन्दै आफूहरू आएपछि साना कामहरू, ‘बजार सरसफाइ, कुलो, बाटो सरसफाइ गरौँ भन्ने हामी सबैको साझा धारण बनाएरै काम सुरु गर्‍यौँ । केही आलोचना पनि भए । तर, हामी सबै जनप्रतिनिधिको निष्कर्षबाट यी काम थालेको हौँ ।’ ठुलो काम र दीर्घकालीन योजनाहरूलाई परिस्थिति हेरेर अगाडि बढाउने उनको भनाई छ।  

 

बिहीबार रामेछाप टाइम्ससंग कुरा गर्दै नगरपालिका प्रमुख श्रेष्ठले नगरको आन्तरिक स्रोत लक्ष्य अनुरूप उठ्न नसकेको र उठिएका केही ठाउँहरूको स्रोत पनि कानुनी रूपमा सही नदेखिएकाले रोक्नु पर्ने भएका रोकेको भन्दै आन्तरिक स्रोत कम हुनु विकासको बाधक भएको बताए । 

 

स्थानीय एवं नगर बासीहरूले जुन जोगी आए पनि उस्तै रहेछन् भन्ने गुनासो गर्न थाली सकेको अवस्थामा नगरप्रमुख श्रेष्ठको यस्तो धारणा आएको हो । 

 

नेकपा एमालेबाट गत वैशाखमा भएको निर्वाचनमा नेपाली काँग्रेसका मुख्य प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित नगरप्रमुख श्रेष्ठले आफूहरूले शैक्षिक सुधारलाई पहिलो प्राथमिकता दिएको बताए । 

 

उनले शैक्षिक सुधारको लागि १२ वटा वडा सम्म विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद् र जनप्रतिनिधि सहित छलफल गरेको स्मरण गर्दै सुधारको लागि आफूहरूले कमजोरी पत्ता लगाएको र अब ती सुधार गरेर  जाने योजना अगाडि सारे । उनले नगर र वडा गरेर शैक्षिक सुधारको लागि २५ देखि ३० प्रतिशत बजेट छुटाएको जानकारी दिए । 

 

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन पूर्वधारको लागि आफूहरूले काम गरिरहेको दाबी गर्दै नतिजा केही समयपछि देखिने उल्लेख गरे ।