नेपाल माझी उत्थान संघ रामेछापको अध्यक्षमा हरि माझी, राज्य पक्षबाट अस्तित्व मेटाउने काम भएको गुनासो

| फागुन २८, २०७९ आइतबार

A A A
A A A

२८ फागुन, रामेछाप । नेपाल माझी उत्थान संघ रामेछापको अध्यक्षमा हरि माझी चयन भएका छन् । लामो समयदेखि हुन नसकेको संघको शनिवार मन्थलीमा छैटौँ जिल्ला अधिवेशन गर्दै माझीलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । उनी निर्विरोध अध्यक्षमा चयन भएको बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा मनोज माझी, उपाध्यक्ष द्वयमा श्रीबहादुर माझी र अम्बिका माझीलाई चयन गरेको छ । त्यस्तै संघको सचिवमा मञ्जु माझी, सहसचिवमा पूर्णबहादुर माझी र कोषाध्यक्षमा बिरबल माझीले जिम्मेवारी पाएका छन् । 

 

जिल्ला भित्रको माझी समुदायलाई समेटेर सर्व सम्मत रूपमा समिति चयन गरिएको समितिका सन्तमाया माझी,दीपक माझी,जसमान माझी,टेकबहादुर माझी, महेश माझी, सचिन्द्र माझी, गुन्टे माझी, मानबहादुर माझी, विष्णु माझी, हर्कबहादुर माझी, रामबहादुर माझी र दीपक माझी सदस्यमा चयन भएका माझी समुदायका नेता समेत रहेका बालकृष्ण माझी बताए । 

 

शनिबारकै संघको अधिवेशनमा माझी समुदाय निकट विद्यार्थी संघ पनि पुर्नगठन भएको छ । 

 

विविध कारणले रोकिएको संघको समिति गठन गर्न सफल भएको भन्दै अबका दिनमा यो समितिले माझी जातिको हक, अधिकार र समुदायको लागि काम गर्ने योजना सुनाए । उनीहरूले आफूहरू पछिल्लो समय राज्यका कारण पीडित बनेको गुनासो गरेका छन् । 

 

देशका ठुला जलविद्युत आफूहरूको थाक थलोमा निर्माण हुने क्रम बढेको र त्यसले माझी समुदायलाई उठिबास लगाउने काम भएको भन्दै गुनासो गरे । अधिवेशनमा बोल्ने वक्ता माझीहरूले आफूहरू राज्यबाट धेरै पीडित बनेको र अब माझी समुदायको अस्तित्व लोप हुने स्थितिमा पुगेको भन्दै तीन तहका सरकारले सुनिदिनु पर्ने बेला आएको बताए । 

 

आफूहरूको माग सुनुवाइ गर्नको लागि तीनै तहका सरकारले व्यवस्था गरेकाले त्यसको ठुलो असर माझी समुदायले खेप्नु परेको गुनासो गरे ।