जबरजस्ती करणी मुद्दामा व्यवसायी कठायतले पाए जिल्ला अदालत रामेछापबाट पूर्ण सफाइ

| फागुन ३०, २०७९ मंगलबार

A A A
A A A

३० फागुन, रामेछाप । आफ्नै भतिजी बुहारीमाथि जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत रामेछापले व्यवसायी पवन कठायतलाई सफाइ दिएको छ । 

 

सोमवार न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले दाबी नपुगेको भन्दै कठाएतलाई पूर्णसफाई दिइएको जिल्ला अदालत रामेछापका श्रेस्तेदार रामप्रसाद पौडेलले रामेछाप टाइम्सलाई बताए । ‘जबरजस्ती करणी मुद्दामा उहाँले सफाइ पाउनु भएको हो । के–के दाबी पुगेन भन्ने विषयमा पूर्णपाठमा आउँछ ।’

 

आफ्नै भतिजी बुहारी बिनु यादवलाई पटक–पटक जबरजस्ती करणी गरेको भन्दै बुहारी यादवले कठायतबिरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । 

 

सो मुद्दामा सदरमुकाम मन्थलीमा व्यवसाय गर्दै आएका व्यवसायी कठायतलाई गत भदौ १ गते जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ परेका थिए । साथै उनी सोही मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका थिए । पछि उनी दुई लाख धरौटीमा रिहा भएका थिए । 

 

कठायतलाई सफाइ दिएपछि मुद्दा दर्ता गर्ने यादव सहितका आफूहरुलाई महिला अधिकारकर्मी दाबी गर्ने एक समूहले साँझ जिल्ला अदालत परिसरमा आक्रोश सहित नाराबजी गरेका थिए । साथै न्याधिशले पैसामा बिकेर मुद्दा फैसला गरेको भन्दै जिल्ला अदातलमा आगो लगाइदिने जस्ता धम्किपूर्ण भाषा प्रयोग गर्दै आक्रोश व्यक्त गरे । 

 

सम्बन्धित समाचार 

आफ्नै भतिजी बुहारीमाथि जबर्जस्ती करणी गरेकाे आराेपमा कठेत पुर्पक्षका लागि जेल चलान्
 

आफ्नै बुहारीमाथि पटक-पटक जबरजस्ति करणी गरेको आरोपमा कठेत पक्राउ

 

भतिजी बुहारीमाथि जबरजस्ती करणी प्रकरणः आरोपी कठेत धरौटीमा छुट्दै, पीडित भनिएकी यादवले गरिन् हातपात
 

कठेत घटना प्रकरणको नालिबेलीः फिल्मी शैलीमा पत्रकार सम्मेलनमा यस्तो सम्म भयो, बिनुले भनिन् ‘प्रदिपसंग २ दिन अगाडि यौन सम्पर्क भएको छ’ (भिडिओसहित)