भटौलीको बतासे सामुदायिक वनमा भीषण डढेलो (भिडिओसहित)

| चैत १, २०७९ बुधबार

A A A
A A A

१ चैत, रामेछाप । मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित बतासे सामुदायिक वनमा आज भीषण आगो लागी  एवं डढेलो लागेको छ । 

 

 

बिहान करिब ११ बजेको समयदेखि लागेको आगो हाल सम्म पनि पूर्ण रूपमा नियन्त्रणमा भने आउन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई बताए । ‘के कारणले लागेको हो खुलेको छैन । हाम्रो टोली, सशस्त्रको टोली र नेपाली सेना समेतको प्रयासमा नियन्त्रणमा लिने प्रयास भएको छ । पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । प्रयास जारी छ । बस्तीमा पस्ने खत्रा भने तत्कालको लागि टरेको छ ।’

 

 

डढेलोले वन क्षेत्रमा ठुलो क्षेती गरेको छ । बस्तीमा आगो पस्ने त्रासले स्थानीयहरू त्रसित भएका थिए । तर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय समेको प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको ढकालले बताए । 

 

 

हालसम्म आगोलागिले मानवीय र मानव निर्मित भौतिक क्षेत्री गरेको छैन ।