आचार्य एकता समाजले दियो उमाकुण्ड गाउँपालिकालाई ५ थान अक्सिजन सिलिण्डर

| जेठ २१, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२१ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकाको कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर प्राप्त भएको छ । 

 

 

कोरोना भाइरस संक्रमणको महामारीका बेला अक्सिजनको अभाब भैरहेको परिस्थितिलाई लक्षित गरि आचार्य एकता समाजले ५ थान  अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ । पालिकामा कोरोनाका संक्रमितहरु दैनिक थपिदै जानथालेपछि गाउँपालिकाले यसअघि ५ वेड मात्र रहेको कोरोना अस्पताललाई १५ वेड थपेर २० वेडको बनाई संचालनमा आएको छ । 

 


संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाले २० वटा अक्सिजन सिलिन्डर यसअघिनै खरिद गरेको छ ।

 

योसँगै गाउँपालिकाले खरिद गरेको २५ वटा र विभिन्न संघ संस्थाले दिएको १५ वटा गरेर हाल अस्पतालमा ४० वटा अक्सिजन सिलिन्डर रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकराले जानकारी दिए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार