रामेछापमा आज थप ९८ जनामा कोरोना पुष्टि : ५११ संक्रिय संक्रमित

| जेठ २१, २०७८ शुक्रबार

संकेतिक फोटो
A A A
A A A

२१ जेठ, रामेछाप । रामेछापमा आज थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित सहित जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ११ जना पुगेको छ । 

 

 

शुक्रबार पिसिआर विधिद्वरा ७१ र एन्टिजेन्ट् विधिद्वरा २७ जनाको गरि कूल ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

 

 

शुक्रबारसम्म निको हुनेको संख्या जिल्लामा ९ सय ८६ रहेको छ । १६ जना जिल्लाका विभिन्न अस्पतालबाट काठमाडौं लगाएतका अस्पतालमा थप उपचारको लागि रेफर भएका छन् । 

 

 

शुक्रबार सम्ममा पिसिआर विधिद्वरा एक हजार ५६ जना र एन्टिजेन्ट विधिद्वरा ४ सय ५१ जना गरि कूल एक हजार ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ । 

 


हाल सम्म जिल्लामा कोरोना भाइरस संक्रमणका कारण १० जनाको निधन भएको छ ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार