शैक्षिक क्षेत्रमा विशेष योगदान दिएको भन्दै केब्सका प्रधानाध्यापक तिमल्सिना सम्मानित

| चैत ५, २०७९ आइतबार

A A A
A A A

५ चैत, रामेछाप । निजी क्षेत्रबाट सञ्चालित मन्थलीको ट्राफिक चोक नजिकै सञ्चालित कर्कलादेवी इङ्ग्लिस बोर्डिङ स्कूल (केब्स स्कूल) रामेछापका प्रधानाध्यापक केशव प्रसाद तिमल्सिना  ‘राष्ट्रिय शिक्षा सम्मान–२०७९’ बाट सम्मानित भएका छन् ।  

 

प्रअ तिमल्सिनालाई विगत लामो समयदेखि निष्ठा र समर्पणका साथ शिक्षासेवी तथा समाजसेवीका रूपमा निरन्तर सक्रिय रहँदै आएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न शैक्षिक, सेवामूलक तथा सामाजिक संघ,संस्था मार्फत राष्ट्र विकास, शैक्षिक क्षेत्रको विकास र सामाजिक सेवामा टेवा पुऱ्याएकाले सम्मानित गरेको सम्मानित भएका तिमल्सिनाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘यो सम्मान विशेष गरी शैक्षिक क्षेत्रमा योगदान दिनेहरूको लागि प्रदान गरिँदै आएको छ । त्यस सम्मान पाए ।’

 

सो संस्थाको दसौँ वार्षिकोत्सवको अवसरमा गत बिहीबार आयोजित विशेष समारोहमा उनलाई प्रशंसापत्रले सम्मान गरेको तिमल्सिनाले बताएका हुन् । 

 

तिमल्सिनालाई पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल सहितको उपस्थितिमा प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको भव्य कार्यक्रममा  पूर्व प्रधानन्यायाधीश रेग्मीको हातबाट सम्मानित भएको उल्लेख गरे ।