रामेछापको फर्पुमा ‘प्रथम अध्यक्ष कप फर्पु’ पुरुष फुटबल प्रतियोगिता हुने, विजेताले १ लाख पाउने

| चैत ७, २०७९ मंगलबार

फाइल फोटो ।
A A A
A A A

७ चैत, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुले खुल्ला पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ । आउँदै गरेको नयाँ वर्ष २०८० साल वैशाख ५ गतेदेखि ‘प्रथम अध्यक्ष कप फर्पु’ खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिए । 

 

‘मेरो खेल मेरो ठाउँको पहिचान’ भन्ने मूल नाराको साथ कल्व, संस्था, वडा, पालिका, नगरपालिका र जिल्लाहरूले सहभागिता जनाउन पाउने गरी खेल आयोजना गरिएको वडा अध्यक्ष सुनुवारले एक सूचना मार्फत जानकारी गराए । ६ फर्पुको नवनिर्मित खेलमैदानमा हुने खेलमा विजेताले नगद रु १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार जित्ने छन् । 

 

त्यस्तै उपविजेता हुने टिमले नगद रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र जित्ने छ । भने, अनुशासित टिमलाई नगद १५ हजार सहित ससम्मान प्रदान गरिने छ । सेमिफाइनलबाट पराजित हुने दुई टिमलाई नगद २५–२५ हजार प्रदान गरिने छन् ।

 

त्यस्तै उत्कृष्ठ गोल किपर, उत्कृष्ठ खेलाडी, सबै भन्दा बढी गोलकर्ता र लोकल उदयमान खेलाडीलाई प्रतिखेलाडी रु १५ सय,मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष सुनुवारले जानकारी गराए । 

 

सूचना हेर्नुहोस् ।