राष्ट्रिय युवा संघ नेपाल रामेछापद्वरा स्वास्थ्य सामाग्री,पौष्टिक आहारा र खाद्यन्न सहयोग

संक्रमितहरुलाई पौष्टिक आहार

| जेठ २१, २०७८ शुक्रबार

फोटो पुष्कर भट्टराईको फेस्बुकबाट
A A A
A A A

२१ जेठ, रामेछाप । राष्ट्रिय युवा संघ नेपाल रामेछापले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

 

कोरोना महामरीसंग जुधिरहेका मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुलाई संघले शुक्रबार स्वास्थ्य सामाग्री सायता गरेको अनेरास्ववियू रामेछापका जिल्ला कमिटी सचिव पुष्कर भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


संघले प्रसनल प्रोटेक्टिभ ईक्युप्मेट् (पिपिइ) सेट, सेनिटाइजर, माक्स, भिटामिन ुसीु लगाएत स्वास्थ्य सामाग्री बितरण गरेको उनले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 


उनका अनुसार कोरोना संक्रमण भएर होम तथा संस्थागत आइसोलेसनमा बसेकाहरुलाई संघले पौष्टिक आहार पनि प्रदान गरेको छ । उनले भने 'हामीले कोरोना महामारीसंग जुध्नको लागि सहायता होस् भनेर सकेको सहयोग गरेका हौं । '


विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान् गुमाएका परिवारलाई पनि संघले खाद्यन्न सहयोग गरेको छ । खाद्यन्नमा चामाल एक बोरा र तेल ५ लिटर सहयोग गरेको उनले बताए ।

 

कोभिड संक्रमित भइ मृत्यु भएका कुमार सार्कीको परिवारलाई खाद्य सामाग्री उपलब्ध गराएको सचिव भट्टराईले बताए । 

 


उनका अनुसार मन्थली नगरपालिका -२ शहरी स्वास्थ्य केन्द्र, म.न.पा-२ कठजोर स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र म.न.पा-३ र प्राथामिक स्वास्थ्य केन्द्र लिखु तामाकोशी गाउँपालिका -६ खिम्तीलाई संघले सामाग्री हस्तान्तरण गरेको हो ।


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार