मन्थलीको सुनारपानीमा बाँदरको आक्रमणबाट २ जना घाइते, गम्भीर एक महिलालाई काठमाडौँ लगियो

| चैत ८, २०७९ बुधबार

फाइल फोटो ।
A A A
A A A

८ चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिका ५ सुनारपानीमा बाँदरको हुलले मान्छेमाथि आक्रमण गर्दा दुई जना घाइते भएका छन् । एक जना गम्भीर घाइतेलाई थप उपचारको लागि काठमाडौँ लागिएको छ । 

 

गत सोमवार घरमा काम गरिरहेको अवस्थामा छुट्टाछुट्टै समयमा छुट्टाछुट्टै स्थानमा स्थानीय राधा भुजेल र मैयाँ नेपालीलाई बाँदरको हुलले आक्रमण गर्दा एक जना गम्भीर घाइते बनाएको सोही वडाका वडा अध्यक्ष रवीन कार्की (नवीन)ले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘बाँदरले आतङ्का मच्चाउन थालेका छन् । हुलै आएर मान्छेमाथि आक्रमण गर्दा दुई जनालाई घाइते बनाएको हो । टोक्ने, कुट्ने, चिथोर्ने गरेर घाइते बनाएपछि उनीहरूको थप उपचारको लागि काठमाडौँ पठाइएको छ रामेछाप टाइम्ससंग अध्यक्ष कार्की भने ।’

 

बाँदरको आक्रमणमा परेपछि लगाउनु पर्ने खोप लगाउनकै लागि भए पनि तत्काल काठमाडौँ पठाइएको जानकारी दिँदै अध्यक्ष कार्कीले घाइते भुजेल र नेपालीको अवस्था सामान्य रहेको बताए ।

 

‘बाँदरले कुटेको र टोकेर गम्भीर घाइते बनाएको हो । मैयाँ नेपाली सामान्य रहेकी थिइन् । तर, राधा भुजेललाई टोकेर धेरै घाइते बनाएकोले थप उपचारका लागि काठमाडौँ लगिएको हो ।अवस्थामा अहिले सुधार छ, उनले थपे ।’ 

 

पछिल्लो समय देशका विभिन्न ठाउँका बाँदर आतङ्का भइरहेको घट्नाहरु घटेको चर्चाका बिच रामेछापमा पनि जिल्ला सदरमुकाम समेत मन्थली नगरपालिका मन्थली बजार नजिकैको वडा ५ सुनारपानीमा बाँदरले आतङ्क मच्चाउन थालेको हो । 

 

स्थानीयहरूले बारीमा लगाएको फलफूल, तरकारी, अन्नबाली लगायत सबै बाली नाली खाएर दुख दिँदै आएको बाँदरको हुलले मान्छेकै घरभित्र पसेर तोड् फोड् गर्ने देखि मन्छेलाई नै आक्रमण गर्न थालेको हो ।