कांग्रेस उपसभापति कार्कीले पाए कार्यवाहक सभापतिकाेे जिम्मेवारी

१३ चैत, रामेछाप । नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले कार्यबाहक सभापतिकाे जिम्मेवारी पाएका छन् ।
आज साेमबार पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले एक पत्र मार्फत आफू विदेश भ्रमणमा जाने भएकाले साे समयसम्म कार्यवाहक सभापतिकाे जिम्मेवारी प्रदान गरेकाे पत्र मार्फत जानकारी गराएका हुन् ।
म, सभापति विदेशबाट फिर्ता नआउँदा सम्मको लागि कार्यवाहक सभापति भएर जिम्मेवारी निर्वाह गर्नु हाेला पत्रमा उल्लेख छ ।