रामेछापमा तेस्रो महिला ‘सिडिओ’को रूपमा निरौला हाजिर भइन्

| चैत १६, २०७९ बिहिबार

A A A
A A A

१६ चैत, रामेछाप । रामेछापको नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा अनिता निरौला आज बिहीबार देखि हाजिर भएकी छिन् । 

 

राष्ट्रिय विपद् जोखिम नियूनिकरण व्यवस्थापन प्राधिकरणमा कार्यरत निरौला जिल्लाको नयाँ (सिडिओ) को रूपमा आजदेखि हाजिर भएको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले रामेछाप टाइम्सलाई बताए । ‘सिडिओसाप आजदेखि आउनु भइसक्यो ।’

 

यसअगाडिका (सिडिओ) शोभाखर रेग्मी माथिल्लो निकायमा जिल्ला आएको छोटो समयमै तानिएपछि निरौला यहाँ तेस्रो महिला सिडिओको रूपमा जिल्लामा हाजिर भएकी हुन् । 

 

जिल्लामा यसअगाडि लिला केसी पाण्डे पहिलो र रुद्रदेवी शर्मा दोस्रो महिला सिडिओको रुपमा आएका थिए । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार