एक हप्तामा रामेछापमा २५ भन्दा बढी ठाउँमा भीषण डढेलो, ५ ठाउँको अझै नियन्त्रण बाहिर, विपद् व्यवस्थापनमा गरेको अनुभव नयाँ सिडिओले कसरी प्रयोग गर्दै छिन् ?

अगाडि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रमै काम गरेर यहाँ आएकी हुन्

| चैत १७, २०७९ शुक्रबार

A A A
A A A

१७ चैत, रामेछाप । रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिका आसपास सहित जिल्लाको २१ ठाउँमा केही दिन यता वन क्षेत्रमा भीषण डढेलो लागि रहेको छ । केही दिन यता लागेको डढेलोले यहाँको जनजीवन समेत प्रभावित हुन थालेको छ । भने, डढेलो नियन्त्रण बाहिर गएको छ । ‘हामीले २१ ठाउँमा त, जानकारी आएको छ, अन्य ठाउँमा पनि लागेको भन्ने कुरा सुनिएको छ । बढ्न सक्छ ।’

 

सामुदायिक वन, निजी पाखो जग्गा, बारी आसपास गरी जिल्लाको सदरमुकाम समेत रहेको मन्थली बजारको चारै तीर डढेलोले घेर्ने थालेको छ । नियन्त्रणको प्रयास समेत केही दिन यता खेर जान थालेको छ । 

 

आगो आफ्नै तालले दन्किरहेको देखिन्छ । दिउँसो हाव नलाग्ने बेलामा केही कम भए जस्तो हुने तर साँझ पख हावा चल्न थालेपछि व्यापक रूपमा फैलिने गर्दा आगो नियन्त्रण भन्दा बाहिर गएको छ । के कारणले लग्यो भन्ने कुनै ठाउँको पनि खुल्न सकेको छैन । यद्दयपी हरियो घाँस पलाउने र आसमा आसपासका बासिन्दा लेनै लगाएको हुन सक्ने धेरैको दाबी छ । त्यस्तै कति पय ठाउँमा आगोलाई सामान्य रूपमा लिएर चुरोट, बिडी ठुटा, सलाई लाइटर केटाकेटीले भेट्ने गरी राख्दा पनि आगो लागिका घटना घटेको पाइन्छ । 

केही दिन यता लागेको वन डढेलोले यहाँ करडौंको क्षेती भएको आङ्कलन गरिएको छ । वनका जीव जन्तु, चराचुरुङ्गी, जडीबुटी, लगाएर वन, रुखहरू समेत जलेर ध्वस्त भएका छन् । यहाँका स्थानीय तहहरूले डढेलो नियन्त्रणको लागि प्रयास  जति गर्नु पर्ने हो त्यो रूपमा गरेको देखिदैन् । अझ सुख्खा ग्रस्त क्षेत्र भएकाले आगो लागी भएको ठाउँमा पानी पुर्‍याउन समेत सकस छ । जिल्लामा मन्थली नगरपालिकासँग एउटा अग्नि नियन्त्रक भए पनि आगो लागि भएका सबै ठाउँमा पुग्नको लागि सडक र पूर्वाधार नहुँदा थप समस्या भएको छ । 

 

मन्थली बजार नजिकै साँझ पर्न थालेपछि चारै तिरबाट आगोले घेरेको देख्दा स्थानीयहरू समेत त्रसित छन् । कतिपयको घर समेत जलेको छ । साथै आगोको डरले घर छोडेर अन्यत्रै गएर बस्न थालेका छन् । गत बुधवार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर आगो नियन्त्रणमा लिन सबै निकाय लाग्नु पर्नेमा जोड् दिइएको छ । तर, काम भने भएको देखिदैन् । 

बैठकले यसरी वनमा आगो लगाउनेलाई नगद १० हजार सहित पुरस्कृत गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले रामेछाप टाइम्सलाई बताए । तर, हाल सम्म डढेलो लगाउनेको पहिचान हुन सकेको छैन । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, रेडक्रस, उद्योग वाणिज्य संघ लगायतका सबै निकायहरुयको ध्यानाकर्षण भए पनि तत्कालीन अवस्थामा वनमा लागेको आगो निभाउने अचुक उपाय निकालेको देखिदैन् । 

 

बैठकमा जिल्लामा दमकल आवश्यकता रहेको जोड्दा माग भए पनि स्थानीय तहहरूसँग बजेट अभाव हुँदा दमकल तत्काल खरिद गर्न सक्ने अवस्थामा समेत नरहेको तर, आगामी बजेटमा भने यसको व्यवस्था गर्न जोड् दिइएको निमित्त प्रतिअ घिमिरेले बताए । हाल सम्म २१ ठाउँमा लागेको डढेलो मध्ये १६ ठाउँको आफै निभे पनि ५ ठाउँको डढेलो नियन्त्रण बाहिर छ । त्यो पनि मुख्य बजार आसपास भएकाले यसले थप समस्यामा पार्न सक्ने हुँदा स्थानीय त्रसित छन् । 

यता स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समिति भने अग्नि नियन्त्रक रेखा कोरेरै भए पनि बस्ती आगोको जोखिममा नरहेको बताउँछन् । वन, जङ्गल ध्वस्त भए पनि मानवीय, पशुचौपाय, घरहरू जोगाउन आफूहरूको सक्दो प्रयास रहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले रामेछाप टाइम्सलाई बताए । तर, स्थानीय बासिन्दाहरू भने सम्बन्धित निकायबाट पहल जुन रूपमा हुनु पर्ने हो त्यो हुन नसकेको भन्दै घुच्च्याउनु पर्ने पक्षमा देखिन्छन् । सोही समयमा यहाँ प्रमुख जिल्ला अधिकारी समेत सरुवा भएर जाने र नयाँ आउने क्रममा केही दिन बित्ता समेत आगो नियन्त्रणमा लिनको लागि बाधा पुगेको बुझिएको छ । 

 

बिहीबार नयाँ (सिडिओ) हाजिर भएकाले अब केही थप रणनीति चल्न सक्ने आशा यहाँका जनताको देखिन्छ । तेस्रो महिला सिडिओको रूपमा हाजिर भएकी अनिता निरौला यस अगाडि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रमै काम गरेर यहाँ आएकी हुन् । उनको आगमनकै चरणमा जिल्लामा विपद् रोकथामको प्रमुख काम देखिएको हो । यो विपदलाई सिडिओ निरौलाले कसरी व्यवस्थापन गर्छिन् त्यो भने हेर्न बाँकि छ । 

तस्विर सामाजिक संजाल ।