मंगलवार प्रधानसेनापति शर्माको उपस्थितिमा रामेछापमा ३ जिल्लाको भव्य ‘भूपू सम्मेलन’

| चैत १७, २०७९ शुक्रबार

प्रधानसेनापति प्रभुराम शर्मा
A A A
A A A

१७ चैत, रामेछाप । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रामेछापको पहलमा तीन जिल्लाका भूतपूर्व सैनिकहरूको ‘भूपू सम्मेलन’ रामेछापमा हुने भएको छ । यही चैत्र २१ गते मंगलवार सम्मेलन हुने लागेको हो ।

 

प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्ययतामा हुने विशाल सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको राष्ट्रिय भूतपूर्व सैनिक संघ रामेछापका सभापति जयबहादुर कठायतले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘तीन जिल्लाका भूपू सैनिकहरूको भव्य सम्मेलन हुन लागेको हो । सिन्धुली र दोलखाका भूपूहरूको पनि उपस्थिति रहन्छ । भूपूहरूका विगतलाई सम्झाउने कार्यक्रम, प्रस्तुति रहेन छन् । सम्मानको कार्यक्रम छ ।’

 

प्रधानसेनापतिमा नियुक्त भएपछि शर्मा रामेछाप पहिलो पटक आउने लागेका हुन् । भने, भूतपूर्व सैनिक संघको यती ठुलो सम्मेलन जिल्लामा दोस्रो पटक हुन लागेको सभापति कठायतले बताए । 

 

मन्थली स्थित आकाशे मैदानमा कार्यक्रम हुने छ । कार्यक्रममा तीन जिल्लाका गरेर ५ हजार भन्दा माथिको उपस्थिति हुने छ ।