वाणिज्य बैंक मन्थलीद्वार रामेछाप निर्माण व्यवसायीलाई वित्तीय साक्षरता र अन्तरक्रिया

| चैत १८, २०७९ शनिबार

A A A
A A A

१८ चैत, रामेछाप । राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाले यहाँका निर्माण व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरेको  छ  । यो साक्षरताले बैंक तथा वित्तीय कारोबार गर्दा निर्माण व्यवसायीले झेल्दै आएको विभिन्न समस्यालाई नियूनिकरण गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । 

 

शुक्रवार सदरमुकाम मन्थली स्थित शाखा कार्यालय नजिकै वाणिज्य बैंक शाखा रामेछापले निर्माण व्यवसायी रामेछापको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको नवजागरण बचत तथा ऋण सहकारी मन्थलीका व्यवस्थापक रमेश उदासले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘निर्माण व्यवसायीहरूले आर्थिक कारोबार गर्दा सहज तरिकाले गर्न सकुन् र वित्तीय कारोबारमा हुने अन्यौलतालाई नियूनिकरण गर्न कार्यक्रम महत्पूर्ण रह्यो ।’

 

रामेछाप जिल्ला निर्माण व्यावसायिक संघका वरिष्ठ उपाध्यक्ष कृष्ण थापामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यहाँका निर्माण व्यवसायी, अन्य व्यवसायीहरूको सहभागिता रहेको थियो । 

बिरुपाक्ष कन्ट्रक्सनका सञ्चालक एवं निर्माण व्यवसायीका वरिष्ठ उपाध्यक्ष थापामगरको पहलमा भएको कार्यक्रमको लागि बैंकले निर्माण व्यवसायीसँगको कारोबारमा प्रदान गर्दै आएको सेवामा रहेका अन्यौलता र ती समस्यालाई कम गर्नको लागि के गर्न सकिन्छ भनेर अन्तरक्रिया भएको वाणिज्य बैंक शाखा मन्थलीका शाखा प्रमुख मुकेश दाहालले रामेछाप टाइम्सलाई बताए । ‘हामीले निर्माण व्यवसायीका समस्या, गुनासा र सुझाव सुन्यौँ । र, आगामी दिनमा बैंकले गर्न सक्ने सुधार, सेवा सहजता र प्रदान भइरहेका काममा उपलब्धताका बारेमा दुवै तर्फको कुरा सुन्ने सुनाउने काम भयो ।’

 

आर्थिक मन्दी लागेको चर्चा र चालु आर्थिक वर्षको अन्त्यमा आइपुग्न लाग्दा निर्माण व्यवसायीले गर्ने विकास निर्माणका योजना सम्पन्न गर्नु पर्ने सम्मुखमा बैंक र निर्माण व्यवसायीबिच छलफल हुने सुखद रहेको र यसलाई सबै मिलेर अगाडि बढ्नु पर्नेमा सहकारीका कुशल व्यवस्थापक मानिएका उदासले बताए ।