राकाथुममा बोलेरो भिरबाट खस्दा एकको घटना स्थलमै मृत्यु, केही गम्भीर

| चैत १८, २०७९ शनिबार

A A A
A A A

१८ चैत, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा बोलेरो दुर्घटनामा परि एक जनाको घटना स्थलमै ज्यान गएको छ । अन्य एक जना घाइते भएका छन् । 

 

आज शनिवार राकाथुकको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) बाट बा १६ च ३८२५ नम्बरको बोलेरो गाडी करिब ४÷५ सय मिटर भिरबाट खस्दा एकको ज्यान गएको सोही वडाका पूर्व वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी गराए । यात्रु कति थिए भन्ने यथार्थ खुलेको छैन । बोलेर गाडी चालकहरू खाजा खाएर हिँड्ने बित्तिकै एक्कासि भिरबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन्, निवर्तमान अध्यक्ष समेत रहेका विष्णु श्रेष्ठले रामेछाप टाइम्ससंग भने ।

गाल्व बजारबाट खाँडादेवी हुँदै काठमाडौँ तर्फ हिँडेको बोलेर भीरबाट खस्दा क्षत विक्षत बनेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी गराए । ‘गाडी क्षत विक्षत अवस्थामा छ, कति यात्रु थिए खुलेको छैन । सहचालक भनिएकालाई उद्धार गरेर एम्बुलेन्स मार्फत अस्पताल पठाइएको छ ।’

 

‘एक जनाको स्पट डेथ भएको कुरा आएको छ । एक बालक गम्भीर छन्, अरू थप हामी बुझ्दैछौं, पालिका अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन । घटना बारे थप जानकारी आउन बाँकी छ ।