पकरवासमा होम आइसोलेसनमा बसेकी एक महिलाको कोरोना संक्रमणबाट निधन

| जेठ २२, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२२ जेठ, रामेछाप । रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ जना पुगेको छ ।

 

आज थप एक जनाको कोरोना संक्रमित निधन भएसंगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको स्रोतले जनाएको छ । आज एक जना होम आइसोलेसनमा बसेका संक्रमितको ज्यान गएको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जनाएको छ ।

 

ज्यान गुमाउनेमा खाँडादेवी गाउँपालिका ४ कि ९० वर्षिय महिला छिन् । उनको आज बिहान ६ ः ३० बजे निधन भएको विज्ञप्तिमा उल्लेख छ । 

 

उनलाई शुक्रबार एन्टिजेन्ट विधिमार्फत गरिएको परिक्षणमा कोरोना पुष्टि भै होम आइसोलेसनमा बसेका थिए । 

आज सम्ममा ४० जना संस्थागत र ५ सय १४ जना होम आइसोलेसनमा बसेको विज्ञप्तिमा उल्लेख छ । 

 

त्यस्तै ९ जना आईसियूमा उपचाररत रहेको उल्लेख छ  । 

 

जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ६३ जना पुगेको छ । भने एक हजार ७ जना निकोभएर डिस्चार्ज भएका छन् । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार