सिडिओ निरौलाको पत्रकार भेट्घाटः भनिन् ‘समाचार स्रोत खुलाएर र तथ्यपूर्ण लेख्नु, म समय अनुसार चल्छु’ (भिडिओ)

| चैत १९, २०७९ आइतबार

A A A
A A A

१९ चैत, रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनिता निरौलाले पत्रकारलाई स्रोत खुलाएर समाचार लेख्न आग्रह गरेकी छन् । उनले भनिन् ‘समाचार लेख्दा स्रोत खुलाएर र तथ्यपूर्ण मात्रै लेखिदिनुहोस् । यस्तो समाचारले विश्वसनीयता र आधिकारिक हुन्छ ।’

 

गत बिहीबार देखि जिल्लामा (सिडिओ) को रूपमा हाजिर भएकी निरौलाले आइतबार जिल्लाका पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्दै यस्तो बताएकी हुन् । जिल्लाको समग्र क्षेत्रमा यहाँका पत्रकारहरूले सकारात्मक भूमिका निर्वाह गर्दै आएको जानकारी पाएको सुनाउँदै आर्थिक, सामाजिक र सेवा सुधारमा अझ सबैले मिलेर काम गर्न चाहेकोमा जोड् दिइन् । 

 

उनले प्रजिअको हैसियतले आफूले गर्ने कामको लागि प्रतिबद्ध रहेको बताउँदै सिङ्गो टिमले राम्रो कामको लागि लाग्ने दोहोर्‍याइन् । पत्रकारहरूले सकारात्मक सुधारको लागि लेख्नु पर्नेमा जोड् दिँदै हेड्लाईन एउटा राखेर भित्र अर्कै नराख्न भनिन् । ‘राम्रो कुरालाई फिचर लेखेर पनि प्रमोट गर्नुहोला । ती कारणहरूलाई खोलिदिनु होला । नकारात्मक विषयलाई पनि सकारात्मक तरिकाले लेखिदिनु भयो भने त्यसले राम्रो सन्देश प्रवाह हुन्छ ।’

सिडिओ अनिता निरौला, तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

आफू पनि पत्रकारिता क्षेत्रबाट आएको सुनाउँदै पत्रकार आवाज विहीनहरूको आवाज भएको उल्लेख गरिन् । समाचार पढेर जनताले केही सकारात्मक सन्देश लिन सक्ने हुनु पर्छ भनिन् । सिडिओ निरौलाले समाचार पढ्नको लागि मात्रै नभएर त्यसले केही सुधार गर्नको लागि लेखिनु पर्नेमा जोड् दिइन् ।

 

कुरा भन्दा काम ठुलो भएको सुनाउँदै प्रजिअ निरौलाले हरेका काम समयमा हुनु पर्नेमा जिकिर गरिन् । उनले जिकिर गर्दै भनिन् ‘१० बजे भनेको १० ‘जेरो जेरो’ हो । १ बजे भनेको १ ‘जेरो-जेरो’ त्यसैले म रहुन्जेल म समय अनुसार चल्छु । म, काम होस या कार्यक्रम जति बजे भनेको छ, ठ्याकै सोही समयमा (निर्धारण/तोकिएको) छ । ठिक त्यो समयमा गर्छु । समयमै हुनु पर्छ ।’

 

उनले आफू समय अनुसार चल्ने अडान व्यक्त गर्दै सबै कार्यालयहरूलाई यसै अनुसार काम गर्न निर्देशन दिने बताइन् ।  उनले पत्रकारहरुसंगको भेटघाट पनि ठिक १ बजे तय गरेको बताउँदै केही ढिला भएकोमा आगामी दिनमा त्यसलाई सुधार्नु पर्नेमा जोड् दिइन् । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार