कोरोना रोकथाममा समस्या भए 'हामीलाई' खबर गर्नुहोस् -प्रजिअ सैजू

| जेठ २२, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२२ जेठ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गौलौचन सैजूले कोरोना रोकथाममा केही समस्या भएमा आफूहरुलाई खबर गर्न आग्रह गरेका छन् । 

 

 

काठमाडौं–रामेछाप पत्रकार समाजले भर्चुवाल विधिबाट गरेको कार्यक्रम बोल्दै उनले कोरोना भाइरस संक्रमणलाई न्युनिकरण गर्ने मुख्य आधार लकडाउन नै भएको बताउदै संक्रमणलाई नियन्त्रणमा लिदाँ केही समस्यादेखा परेमा सम्बन्धिन निकानयमा खबर गर्न आग्रह गरे । 

 


उनले जिल्लामा सबैको सहयोग र सहकार्याले संक्रमणलाई केही हद्सम्म भएपनि नियन्त्रण गर्न सफल भएको दाबी गरे । उनले भने 'सबैको सहयोग, हौसला, सहकार्याको कारण आज हामी यो स्थानमा छौ, भयबिहित् हुने अबस्थाबाट केही भएपनि सुरक्षित छौं, सबैले आ९आफ्नो ठाउँबाट पहल भएको अबस्था छ, सबैले सहयोग गरेका छन्, सबै मिलेरै नियन्त्रण गर्ने नै हो,स्वास्थ्य  मापदण्ड पालना गर्नु पर्छ, बिना काममा कोहो पनि बन्दाबन्दी अबधिभर नहिडिदिनुहोस् ।' 

 


उनले स्थानी तहमा समस्या छन् भने हामीसंग समन्वय गरौं,हामी त्यसलाई निरकरण गर्ने छौं भने ।  
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार