पर्यटकीय क्षेत्र शैलुङमा ‘फोरजी’ इन्टरनेट सहितको टावर राख्ने काम सुरु

| चैत २२, २०७९ बुधबार

फाइल फोटो ।
A A A
A A A

२२ चैत, रामेछाप । बागमती प्रदेशका सांसद युवराज चौलागाईले रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने सांस्कृतिक तथा पर्यटकीय क्षेत्र शैलुङ्‌मा ‘फोरजी’ सेवा सहितको टेलिफोन टावर विस्तारको गरिदिन सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । उनले रामेछाप टाइम्संग भने ‘नेपाल टेलिकमको केन्द्रीय वायरलेस टेलिफोन विभागका डाइरेक्टरसँग कुरा भएर काम सुरु भैसकेको छ ।’

 

बुधवार रामेछाप टाइम्ससंगको कुराकानीमा प्रदेश सांसद चौलागाईले यस्तो जानकारी दिएका हुन् । यसअगाडि पर्यटकीय आनन्दको लागि शैलुङ् पुग्नेहरू टेलिफोन नलाग्ने समस्या हुँदा उक्त समस्या झेल्दै आएका थिए । 

 

सोही समस्यालाई बुझेर यसअगाडि नै समाधान गर्ने बाचा गरेका रामेछापबाट निर्वाचित प्रदेश सांसद चौलागाईले पहल गरेका हुन् । ‘फोरजी इन्टरनेट सहित टेलिफोन टावर राख्ने कुरा भैसकेको छ । यो वर्ष काम सुरु हुन्छ, अर्को वर्ष ‘कम्प्लिट’ हुन्छ ।

 

उनका अनुसार आउँदो वर्षदेखि शैलुङ्मा फोरजी इन्टरनेट सेवा सहितको नेपाल टेलिकमको सेवा उपलब्ध हुने छ । 

 

प्रदेश सांसद चौलागाईले पत्र लेख्दै भनेका छन् ‘नेपाल टेलिकम‌को टेलिफोन सेवा अवरुद्ध रहेको हुनाले त्यस क्षेत्रमा प्रभावकारी हुने गरी तत्कालै टेलिफोन टावर सहित फोरजी इन्टरनेट सेवा समेत सञ्चालनमा आउने व्यवस्था मिलाइदिनुहुन विनम्र आग्रह गर्दछु ।’

 

अग्लो भु–भागका कारण त्यहाँ इन्टरनेटको सुविधा उपलब्ध थिएन । उनले भनेका छन् ‘यस क्षेत्रमा टेलिफोन र इन्टरनेट सञ्चालनले रामेछाप र दोलखा जिल्लाको जनजीवनमा सकारात्मक प्रभाव पर्नुका साथै पर्यटन क्षेत्रमा समेत योगदान हुनेछ’