सस्तो लोकप्रियताले संक्रमणलाई गाउँ-गाउँ पुर्यायो सांसद् श्रेष्ठ

| जेठ २३, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२३ जेठ, रामेछाप । बिघटित् प्रतिनिधि सभाका निवर्तमान् सांसद श्यामकुमार श्रेष्ठले अहिलेको मुख्य आवश्यक्ता भनेको कोरोना भाइरस संक्रमण बिरुद्धको भ्याक्सिन रहेको बताएका छन् । काठमाडौं-रामेछाप पत्रकार समाजले भर्चुवाल माध्यबाट गरेको कार्यक्रम बोल्दै उनले भने 'अहिलेको सरकार विभिन्न मन्त्रिमण्डल हेरफेर लगाएतका आन्तरिक झमेलामा फसेको मात्रैदेखिएको छ, यो अहिलेको आवश्यक्ता हुदै हैन, अहिले त सबै भन्दा बढी कोरोना बिरुद्धको संक्रमण बिरुद्धको भ्याक्सिनको हो भने।' 

 


पूर्व गृह राज्यमन्त्री समेत रहेका श्रेष्ठ ‘कुशल’ले जिल्लामा अक्सिजन प्लान्ट निर्माणको लागि आफूले पहल गरिरहेको पनि आश्वसन दिए । उनले पीसीआर मेसिनका लागि पनि आफूले पहल गरिरहेको बताए । श्रेष्ठले अर्थ मन्त्रालयबाट बजेट विनियोजन भइसकेको र ‘फास्ट ट्र्याक’ मार्फत पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

 

निवर्तमान संघीय सांसद कुशलले भने ‘पोहोर नै बजेट छुट्याउन पाएको भए अहिले मेशिन आईसकेर पनि जिल्लामै सञ्चालन भईसकेको हुन्थ्यो, त्यतिबेला बजेट नछुट्याउनु कमजोरी भयो भन्ने लागेको छ । २÷२ पटक माननीय भएर पनि जिल्लाको लागि आवश्यक हुँदा एउटा पीसीआर मेशिन पनि राख्न नसक्दा दुःखी छु ।’

 


कोरोनाले पारेको प्रभाव र त्यसको नियन्त्रणको लागि चाल्नु पर्ने कदम समेको विषयमा बोल्दै श्रेष्ठले कोरोना रोकथाम गर्न जिल्लामा दुई बिकल्प प्रस्तुत गरेका थिए । उनले गत वर्षकै कोरोना संक्रमणबाट पाठ सिक्नु पर्नेमा त्यो गर्न नसक्दा जिल्लामा संक्रमण तिवृ फैलिएको दाबी गरे ।

 

त्यस्तै दोस्रो बिकल्पमा जारी बन्दाबन्दीलाई कडाईका साथ पालना गर्नु पर्ने र स्वास्थ्य सावधानी पूर्ण रुपमा पालना गर्नु पर्नेमा जोड् दिए ।  उनले भने 'मैले देखि रहेको छु,पहुँचवालाहरुको बाहुल्यता देखियो, सरकारका पदादिकारिहरुले सस्तो लोकप्रियता देखाउने काम गरे, हामीले सातै प्रदेशमा स्वास्थ्य केन्द्र स्थापनमा ल्याउनू पर्ने भनेको कसैले सुनेनन्, त्यो लागू हन सकेको देखिदै, जिल्लामा भेन्टिलेटर छैन, भनव राम्रो छैन, सस्तो लोकप्रियताले कोरोनालाई गाउँ-गाउँ पुर्याने काम भइरहेको देखेको छु भने । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार