मन्थली नगरले स्थानीय २० जना महिलालाई सिकायो कपडा बुन्न र पोते उन्न, मेयरले भने ‘व्यावसायिक बन्नु हुन्छ भने १० हजार नगरले दिन्छ’ (भिडिओ)

| चैत २७, २०७९ सोमबार

A A A
A A A

२७ चैत, रामेछाप । मन्थली नगरपालिकाले एक महिने सीप तथा व्यावसायिक विकास सम्बन्धित कपडा बुनाई तथा पोते उन्ने तालिम सम्पन्न गरेको छ । यो तालिममा सहभागीहरु ले सिकेको सिपलाई व्यवसायिक रुपमा संचालन गर्ने हो भने नगरपालिकाले आर्थिक सहयोग समेत गर्ने नगरपालिकाको भनाई छ । 

 

सोमबार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगरको सभा हलमा तालिम समापन गर्दै प्रमाणपत्र प्रदान गरेका छन् । गत फागुन २६ गते देखि नगरका १४ वटै वडाबाट सहभागी हुने गरी सञ्चालित उक्त तालिममा २० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । 

 

महिलाहरूको क्षमता विकास तथा दक्ष बनाएर स्वरोजगार बनाउने उद्देश्यले उपप्रमुख ईश्वरी बस्नेतको पहलमा नगरका शाखाहरूले उक्त तालिम गरेको नगरका आर्थिक विकास शाखा प्रमुख गोविन्द कट्टेलले बताए । 

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठ आफूहरूले सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे । प्रमुख श्रेष्ठले यो तालिम सिकेका २० जनाले व्यावसायिक तर्फ अगाडि बढाएर आय आर्जन बढाउनु पर्नेमा जोड् दिए । साथै उनले सिकेको सिपलाई व्यावसायिक बन्नेहरूलाई नगरपालिकाले प्रति व्यक्ति रु १० हजारका दरले आर्थिक सहयोग प्रदान पनि घोषणा गरे ।

 

‘तपाईँहरू अब व्यावसायिक बन्नु हुन्छ भने नगरले सकेको सहयोग गर्न तयार छौँ । अहिले १०–१० हजार दिन सक्ने स्थिति छ । तर, व्यावसायिक बन्नु पर्‍यो ।’

 

मेयर श्रेष्ठले सिकारुहरूले तयार पारेका सामाग्री हेर्दै यसलाई समय अनुसार सुहाउँदो बनाउनु पर्नेमा जोड् दिए । साथै व्यावसायिक बन्नेहरूले योजना बनाएको र राम्रो बनाउन सक्ने भए नगरका सबै कर्मचारीको लागि हुने ‘स्विटर’ तयार पार्न लाग्न समेत आग्रह गरे । ‘तपाईँहरू पहिले राम्रो गर्नुहोस् । हाम्रा कर्मचारीहरूलाई हुने निलो रङ्गको स्विटर बन्नुहोस् हामी नै किन्दिन्छौ ।’

 

सिकेको सिपलाई प्रयोगमा ल्याउनु पर्नेमा जोड् दिँदै बजारीकरणको लागि समेत नगरले सहयोग गर्ने बचन दिए । 

त्यस्तै उपप्रमुख ईश्वरी बस्नेतले पनि महिलाहरूको विकासको लागि जे पनि गर्न तयार रहेको प्रतिबद्धता जनाइन् । ‘योजना लिएर आउनुहोस् म, हाम्रो विकासको लागि सबै तयार छु । हाम्रो टिम तयार छ ।’ उपप्रमुख बस्नेतले महिलाहरूले आँट गर्नु पर्नेमा जोड् दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम माग भए र उपलब्धि मूलक देखिए निरन्तरता दिने बताइन् । 

 

प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले आफू यहाँ रहुन् जेल यहाँको हरेक क्षेत्रको विकास गर्न लाग्ने भन्दै यो तालिम महत्त्वपूर्ण रहेको बताए । सिकाइएको सिप समय अनुसार र बजार अनुसारको हुनु पर्नेमा जोड् दिँदै स्थानीय पहिचानलाई उत्पादन गर्न आग्रह गरे । उनले महिलाहरूले तयार पारेका रूपमा, जाली, टोपी, सामान छोप नेहरुलाई बजार सुहाउँदो बनाउन सुझाव दिए ।