रामेछापमा लागु औषध निकासी तथा पैठारी : जिल्लाका मुख्य नाकाहरूमा प्रहरीले सूक्ष्म निगरानी बढाउने

| चैत २७, २०७९ सोमबार

रामेछापको प्रमुख प्रवेशद्वारको रुपमा रहेको रामेछाप र सिन्धुली जाेड्ने सेलेघाट-खुर्काेट स्थित सडक पुल, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२७ चैत, रामेछाप । लागु औषध निकासी तथा पैठारी हुने रामेछापका मुख्य प्रवेशका नाकाहरूमा जिल्ला प्रहरी कार्यालय रामेछापले सूक्ष्म निगरानी बढाउने भएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी अनिता निरौला आएपछि जिल्लाको समग्र वस्तु स्थितिमाथि छलफल गर्दै लागु औषध निकासी तथा पैठारीलाई पनि हुन सक्ने घटनालाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको बुझिएको छ । 

 

आज सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको रामेछाप प्रशासनले जनाएको छ ।

 

एकीकृत रणनीतिक सुरक्षा योजना, २०७९ को क्षेत्रगत कार्य योजना अन्तर्गत लागु औषध तथा मदिराजन्य पदार्थ नियन्त्रण सम्बन्धी कार्य योजनामा भएका व्यवस्था कार्यान्वयन तथा जिल्लामा लागू औषध नियन्त्रणका लागि भए गरेका कार्यहरूको विश्लेषणात्मक समीक्षा गर्दै उक्त बैठकले यस्तो निर्णय गरेको जनाएको हो । 

 

बैठकले सुरक्षा निकाय, नागरिक समाज सरोकारवाला सङ्घसंस्था, स्थानीय सञ्चार माध्यम लगायतले एक आपसमा समन्वय गरी लागु औषध प्रयोगकर्ता र ओसारपसार गर्ने व्यक्ति तथा समूहको सूक्ष्म निगरानी राखी सम्बन्धित निकायमा सूचना आदान प्रदान गर्ने, लागु औषध दुर्व्यसनलाई नियन्त्रण गर्न स्थानीय तह संघ,संस्था, स्थानीय सञ्चार माध्यमहरूले सचेतनामूलक सूचना प्रसारण गर्ने र सामुदायिक तथा निजी विद्यालयमा भएका बालक्लबहरुलाई सम्बन्धित स्थानीय तह मार्फत विद्यालयलाई सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको निर्णयमा उल्लेख गरिएको छ । 

 

निर्णय हेर्नुहोस् ।