रामेछापको मन्थलीमा सुरु भयो भव्यताका साथ सडक महोत्सव : सांसद ‘कान्छाराम’ले गरे उद्घाटन (भिडिओ)

| बैशाख १, २०८० शुक्रबार

A A A
A A A

१ वैशाख, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक आयोजित रामेछाप सांस्कृतिक सडक महोत्सव उद्घाटन गरिएको छ । प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले शुक्रवार पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरेका हुन् । कार्यक्रममा रामेछापबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरूको पनि उपस्थिति रहेको छ । 

मन्थली स्थित देवकोटा चोकमा एक भव्य महारोका बिच दुई दिने स्थानीय संस्कार, संस्कृति, परिकार र स्थानीय उत्पादन परिवर्द्धन गर्न महोत्सव सुरु भएको हो । उद्घाटनमा विभिन्न जातजातिको झाँकी, पञ्चेबाजा, भेषभुषामा सजिएका करिब ५ हजार बढीको सहभागी देखियो । विभिन्न स्टलहरूमा स्थानीय परिकारहरूको प्रदर्शनी गरिएको छ । 

 

रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजना, रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घको सह आयोजना, मन्थली नगरपालिकाको मुख्य प्रयोजक, रामेछाप नगरपालिकाको प्रायोजन र घरेलु तथा साना उद्योग कार्यालय मन्थलीको सहयोगमा महोत्सव गर्न लागिएको हो । नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रमले सदरमुकाम मन्थलीमा रौनक थपेको छ । 

 

१० लाख लागत लाग्ने अनुमान गरिएको यो महोत्सवमा ५ लाख बढीको आम्दानी हुने अनुमान गरिएको छ ।