प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिन रामेछापबाट ७८ जना काठमाडौँ प्रस्थान

| बैशाख २, २०८० शनिबार

A A A
A A A

२ वैशाख, रामेछाप । १३ औँ बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन रामेछापबाट ७८ जना खेलाडीहरू काठमाडौँ प्रस्थान गरेका छन् । यो खेलमा प्रदेशका १३ जिल्लाको सहभागिता रहने छ । 

 

भोलि आइतबार देखि ०५ गते सम्म सङ्घीय राजधानीको त्रिपुरेश्वर स्थित खेल मैदानमा सञ्चालन हुने १३ औँ बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन । भलिबलमा महिला र पुरुष दुवै टिम १८ जना, कबड्डी तर्फ महिला, पुरुष १८ जना, एथलेटिक्समा महिला, पुरुष २२ जना, उसु तर्फ ६ जना, तेक्वान्दो तर्फ ८ जना र कतारे ६ तर्फ गरी कूल ७८ काठमाडौँ तर्फ प्रस्थान गरेको रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहा मगरले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

यसअगाडि जिल्ला खेलकुद विकास समितिले सम्पन्न पालिका र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट खेल प्रदर्शन गर्ने आठ वटै स्थानीय तहका खेलाडी समेटिने गरी खेलाडी छनोट गरेको थियो । 

 

सम्पन्न १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मन्थली नगरपालिकाले जितेको थियो ।