मन्थलीबिच बजारबाट हराएको मोटरसाइकल प्रहरी ‘अधिकारीले’ चोरी गरेको खुलासा, टुक्रा–टुक्रा भेटियो

| बैशाख ३, २०८० आइतबार

यही मोटरसाइकल हराएको हो । तस्बिर टिकटकबाट ।
A A A
A A A

३ वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा शनिवार हराएको एक स्थानीय युवा व्यवसायीको मोटरसाइकल एक प्रहरी अधिकारीले चोरी गरेको खुलासा भएको छ ।  यहाँ महोत्सवको भिडभाड्को बेला मोटरसाइकल हराएको थियो । 

 

गत शनिवार साँझ मन्थलीबिच बजारबाट कालो रङ्गको बागमती  प्रदेश ०२-०२८ प ०९०७ नम्बरको यामाहा एफ् जेट् मोटरसाइकल कृषि विकास बैङ्कबाट मन्थली नगरपालिका झर्ने वरालोमा पार्किङमा राखेको स्थानबाटै हराइरहेको थियो ।

 

उक्त मोटरसाइकल खोजी गर्ने क्रममा आइतबार प्रहरी कै एक अधिकारीले चोरी गरेर तोड् फोड् गरेको अवस्थामा फेला परेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय रामेछाप निकट उच्च स्रोतले रामेछाप टाइम्सलाई बताए । 

हराएको मोटरसाइकलको बुलबुक

प्रहरी उच्च स्रोतले रामेछाप टाइम्सलाई भन्यो प्रहरीकै साथीले चोरी गरेको अपुष्ट खुलासा भएको हो । बाइक टुक्रा–टुक्रा अवस्थामा भेटिएको छ ।’ तर, कहाँ कसरी भेटिएको बारेमा अनुसन्धान भइरहेको स्रोतले भनेको छ । 

 

यसरी बाइकको पार्ट–पार्ट भेटिएपछि भने, रामेछाप प्रहरीले मोटरसाइकल धनी रमेश नेपालीलाई जिल्ला प्रहरी कार्यालयमै बोलाएर मोटरसाइकल हो वा होइन भन्नेर सोध पुच्छ गरेको छ । टुक्रा–टुक्रा अवस्थामा भेटिएको मोटरसाइकलको सिटकबर र अन्य केही पार्ट हेर्दा मोटरसाइकल आफ्नै हो भन्ने पुष्टि भएको नेपालीले रामेछाप टाइम्सलाई बताए ।

 

नेपालीले रामेछाप टाइम्ससंग भने ‘मलाई प्रहरी कार्यालयमा बोलाएर जाँदा पार्ट–पार्ट अवस्थामा देखे । सिट कबर हेर्दा मेरो नै बाइक हो । कहाँ कसरी भेटियो भन्ने मलाई थाहा भएन । 

 

उनले कसरी हराएको बाइक कहाँ भेटियो भन्ने बारेमा मलाई केही भनिएको छैन भने । घटना बारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म निगरानी गरिरहेको जनाएको छ ।