मोटरसाइकल चोरी घटना प्रकरण : रामेछाप प्रहरीका प्रवक्ताले भने ‘कसुरमा संलग्न कडा कारबाही गर्छौँ’

| बैशाख ४, २०८० सोमबार

यही मोटरसाइकल चोरेर टुक्रा-टुक्रा पारिएको
A A A
A A A

४ वैशाख, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवानले मोटरसाइकल चोरी गरी टुक्रा–टुक्रा परेको घटनामा रामेछाप प्रहरीले निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको छ । साथै पीडितलाई न्याय दिलाएर छाड्ने जिप्रका रामेछापले विश्वास व्यक्त गरेको छ । 

 

गत शनिवार साँझ मन्थलीबिच बजारबाट हराएको बागमती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको एफ् जेट् मोटरसाइकल जनताको जिऊ धनको रक्षा गर्ने र पीडितलाई न्याय दिने जिम्मेवारीमा रहेर काम गर्ने प्रहरी (प्रहरी जवान) ले नै पार्किङमा राखेको मोटरसाइकल चोरी गरेर टुक्रा–टुक्रा परेर तोडेको भेटिएपछि अपराधीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको हो । 

 

जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रवक्ता राजु प्रसाद ढकालले रामेछाप टाइम्ससंग भने ‘अन्यथा नलिँदा हुन्छ, जिप्रकाले अपराधीलाई उम्किन दिँदैन । कसुरमा संलग्नलाई कसैलाई जोगाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’ जवान (भण्डारी थर) भएका रहेको बुझिएको छ । उनको नाम गोप्य राखिएको छ ।   

 

सूचना अधिकारी ढकालले गलत नियतले नै भण्डारीले उक्त कार्य गरेको अनुसन्धानमा पाइएको जानकारी दिए । ‘गलत नियत देखिन्छ  ।’ स्रोतका अनुसार मोटरसाइकल चोरेर तोड् फोड् गर्ने प्रहरी जवानले मादक पदार्थ सेवन गरेको अवस्थामा उक्त कार्य गरेको बुझिएको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछाप

प्रहरीले आफ्नै कर्मचारीबाट भएको यस्तो आपराधिक कार्यलाई कसरी समाधान गर्छ भन्ने आम नागरिकको चासोका बिच रामेछाप प्रहरीले भने कानुन सबैलाई बराबर भएको भन्दै अन्य आँखाबाट नहेरिदिन आग्रह गरेको छ । 

 

‘यसलाई धेरै तरिकाबाट हेर्ने भन्दा पनि आम कानुन सबैलाई लाग्छ र सोही सजाय सबैलाई लागू हुन्छ सूचना अधिकारी ढकालले भने ।’

 

पीडित पक्षसँग पनि कुरा भएको जानकारी दिँदै सूचना अधिकारी ढकालले सबै अनुसन्धान सकेको सबै बाहिर ल्याउने बताए । मोटरसाइकलका धनी रमेश नेपालीलाई भने कसैले यसलाई ‘मिलाउने’ पाटो तर्फ अगाडि बढ्नु पर्ने भन्ने कुरा आएको बताएको उच्च स्रोतको दाबी छ ।