२०७८ माघ देखि हाल सम्म रामेछापबाट ६ वटा मोटरसाइकल हराए

| बैशाख ५, २०८० मंगलबार

भेटिएका मोटरसाइकल धनीलाइ हस्तान्तरण गर्दै ट्राफिक प्रहरी, फाइल फोटो
A A A
A A A

५ वैशाख, रामेछाप । जिल्लामा बितेको एक वर्ष बढीको अबधिमा आधा दर्जन मोटरसाइकल चोरी भएको र हराएको मुद्दा दर्ता भएका छन् । यसरी हराएका मोटरसाइकल शत प्रतिशत भेटिएका छन् । तर, हराउनु/रोची हनुको मुख्य कारण भन्ने अधिकांशको पत्ता लाग्न सकेको छैन । 

 

मङ्गलवार जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई दिएको विवरणमा ६ वटा मोटरसाइकल हराएर खोजी गर्दा भेटिएको उल्लेख छ । धेरै जसो मोटरसाइकल पार्किङ गरेर राखिएको ठाउँबाटै चोरी भएको धनीले बताउने गरेका छन् । हराएपछि केही लामो समयपछि भेटिने गरेको छ । भने केही छोटो समयमै फेला परेका छन् । 

 

जिप्रकामा ०७८ माघ २५ गते मोटरसाइकल हराएर खोजी दिन मन्थली नगरपालिका १ सुकाजोरका सुरज तामाङले उजुरी दिएका थिए । उक्त बाइक भेटिएर जिम्मा लगाएको जिप्रकाले जनाएको हो । यसरी यो बिचमा विभिन्न समयमा यहाँका स्थानीय साधन चोरी भएको हो । 

 

पछिल्लो पटक मन्थली १ नै बस्दै आएका खाँडादेवी गाउँपालिकाका रमेश नेपालीको मोटरसाइकल जिप्रकाकै प्रहरी जवानले चोरेर तोड् फोड् गरेका छन् । उक्त घटना सँगै गरेर ६ वटा मोटरसाइकलसँग सम्बन्धित उजुरी परेको हो । सो घटनामा संलग्न प्रतिवादी पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । 

 

यी हुन् हराएका मोटरसाइकलको विवरण हेर्नुहोस्