भटौलीका तामाङ दम्पतीले नक्कली बाबुआमा बनेर दिलाए नागरिकता

| बैशाख २२, २०८० शुक्रबार

A A A
A A A

७ वैशाख, रामेछाप । रामेछापको मन्थलीमा नक्कली बाबुआमा बनेर नागरिकता दिलाएको खुलासा भएको छ । मन्थली नगरपालिका वडा नं ७ भटौलीका राजमान तामाङ र एलिना तामाङ नक्कली बाबुआमा बनेर सुजु थोकरलाई नागरिकता दिलाएको खुलासा भएको हो । उनीहरूको सम्बन्धको बारेमा अनुसन्धान भइरहेको बताइएको छ । सुजुले २१–०१–७९–०७४०२ नम्बरको नागरिकता लिएकी छन् । साथै उनी सुनसरी जिल्लाकी रहेको बुझिएको छ। यद्दपी थोकरको वास्विक ठेगाना पहिचान हुन कसेको छैन् ।  

 

गत २०७९ चैत ३० गते उनीहरूले सुजीलाई नागरिकता दिलाएका हुन् । यसरी आफूहरूलाई झुक्यार नागरिकता दिलाएको खुलासा भएको थाहा पाएपछि वडा अध्यक्ष भुवन हरि प्रसाईँले उक्त नागरिकता रद्द गरिदिन भन्दै बुधवार जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दिइसकेको वडा अध्यक्ष प्रसाईँले रामेछाप टाइम्सलाई बताए । 

 

जन्म दर्ता र सबैको नागरिकता हेरेर सिफारिस दिएको हुँ । बाहिर बस्ने छोरी भने । तर, बुझ्दै जाँदा ३० गते नै जन्म दर्ता गरेर सिफारिस लिएको बुझे । त्यसपछि खारेज गरिदिनु गलत तरिकाले नागरिकता लिएको पुष्टि भयो भनेर उजुरी दिएको छु अध्यक्ष प्रसाईँले भने । उनले थपे ‘किन यसो गरे भन्ने विषयमा अनुसन्धान गर्दै छौँ । नक्कली बाबुआमा बन्नेहरूलाई के गर्न कसिन्छ भनेर हामी बुझ्दैछौं ।’

 

यता जिल्ला प्रशासन कार्यालय रामेछापले पनि नक्कली बाबु आमा खडा गरेर नागरिकता लिएको खुलेकाले नागरिकता खारेज गर्नको लागि अध्यक्षले बुधवारै निवेदन दिएको बताएको छ । 

 

निमित्त प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले रामेछाप टाइम्ससंग भने ‘नक्कली बाबुआमा बनेर नागरिकता दिलाएको भन्ने खुलेको छ । हामी अनुसन्धान कै क्रममा छौ । अध्यक्ष र नक्कली बाबुआमा बन्नेका छोराले पनि उजुरी दिनु भएको छ ।’

 

निमित्त प्रजिअ घिमिरेका अनुसार नक्कली आमाबुबा बन्ने तामाङका छोराले पनि नागरिकता लिने व्यक्ति (सुजु) छोरी नभएको भन्दै उक्त नागरिकता खारेज गर्न माग गर्दै प्रशासनमा उजुरी दिएका छन् । 

 

यसरी किन नागरिकता दिलाए उनीहरूको अनुसन्धान भइरहेकाले बाँकी अनुसन्धानबाट खुल्ने निमित्त प्रजिअ घिमिरेको भनाई छ ।

 

यो हेर्नुहोस् उजूरी