जेष्ठ पहिलो हप्तादेखि रामेछापका सर्वसाधारणको लागि जाहज चढ्ने व्यवस्थापन गर्न माग

| बैशाख १७, २०८० आइतबार

A A A
A A A

१७ वैशाख, रामेछाप  । रामेछापकाे सदरमुकाम मन्थलीस्थित जिल्लाकै एक मात्रै विमानस्थल (रामेछापका  विमानस्थल) काठमाडौंसम्म हुँदै आएकाे हवाई सुविधा स्थानीयले पनि लिन पाउनु पर्ने सराेकारवालाहरूले माग गरेका छन् । हाल यहाँका स्थानीय हावाई सुविधाबाट बञ्चित छन् । 


आइतवार बिहान सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) काे पहलमा विमानस्थलका कर्मचारीसहित बसेकाे सराेकारवालाहरुकाे बैठकले आउँदो जेष्ठ पहिलाे हप्ताबाट सेवा लिन पाउनु पर्ने माग  गरेका हुन् । 

 

हाल दैनिक साेलुखुम्बुकाे लुक्ला उडान गर्दै आएको याे विमानस्थलबाट स्थानीयले सेवा लिन सकेका छैनन् । स्थानीयले सेवा लिन नपाउँदा ३ घण्टा लामो सडक यात्रा गर्न बाध्य छन्, भने तत्काल काठमाडौं लानु पर्ने बिरामीहरु हेलिकप्टर चार्टर गरेर महंगो भाडा तिरेर जान बाध्य छन् । 


छलफलपछि मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले भने `जेष्ठकाे पहिला हप्तादेखि प्रत्येक शुक्रबार स्थानीयका लागि पनि नियमित उडान गर्न गरेका छाैं ।´ 

 


उनले थपे `अहिलेसम्म स्थानीयले सेवा लिन पाएका छैनन् । दैनिक जहाज उडिरहेका छन् तर रामेछापबासीले सेवा लिन पाएका छैनाैँ याे समस्या समाधान हुनु पर्छ भन्ने हाम्रो माग हाे ।´