नामाडीमा चट्याङले लाग्दा एक जना घाइते, ४ पशु मरे

| बैशाख १७, २०८० आइतबार

A A A
A A A

१७ वैशाख, रामेछाप । रामेछापको नामाडीमा चट्याङ लागेर एक जना घाइते भएका छन्, भने,पशुचाैपाय मरेका छन् । 


शनिबार अपरान्ह परेकाे पानीसंगैकाे चट्याङ लागेर गोकुलगंगा गाउपालिका वडा नं ०५  नामाडी स्थित राजखर्कमा  चट्याङ लागेर २५ वर्षिय पदमबहादुर  खड्का घाइते भएका हुन् । उनकाे चट्याङले लागेर हात खुट्टा झमझम गर्ने अवस्थामा उद्धार गरी प्राथमिक उपचार पश्चात सामान्य अवस्था रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 


घाइते भएका खड्काकाे गोठमा रहेको गाईको बाच्छा १, भैंसिको पाडो १ र १ वटा कुखुराको भालेको मरेका छन् ।