२९ वैशाखमा मन्थली नगरपालिकाले घुम्ती शिविर सहित सार्वजनिक सुनुवाइ गर्दै

| बैशाख २०, २०८० बुधबार

A A A
A A A

२० वैशाख, रामेछाप । मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । यही वैशाख २९ गते शुक्रवार नगरपालिकाले चालु आर्थिक वर्षको माघदेखि वैशाख मसान्त सम्म सम्पन्न गरेका योजनाहरू आम सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले घुम्ती शिविर सहित सार्वजनिक सुनुवाई गर्न लागेको नगरपालिकाले जनाएको हो । 

 

सार्वजनिक सुनुवाइमा नगरको समग्र विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा जिम्मेवार वक्ताबाट ‘हाकाहाकी बहस’ गर्न सकिने नगरका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए । सार्वजनिक सुनुवाई वडा नं १२ गेलुको भुमेशान गैरा भन्ने स्थानमा गर्ने नगरको तयारी छ । 

 

सोही सार्वजनिक सुनुवाइको अवसर पारेर कृषि, स्वास्थ्य र पशुपालनसँग सम्बन्धित घुम्ती शिविर पनि उपलब्ध गराइने महाशाखा प्रमुख समेत रहेका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । 

 

यस अगाडि जिल्लाको रामेछाप नगरपालिकाले पनि सार्वजनिक सुनुवाई गरेको थियो । भने, गाउँपालिकाहरूले भने हाल सम्म कुनै पालिकाले पनि गरेका छैनन् ।