उमाकुण्डको प्रितीमा लाग्ने चण्डी मेलामा ४ सय बढीको पशु बली दिइयो, दर्शनार्थी घटे

| बैशाख २३, २०८० शनिबार

A A A
A A A

२३ वैशाख, रामेछाप । प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन उमाकुण्ड गाउँपालिकाको प्रितीमा लाग्दै आएको चण्डी नाचमा यो वर्ष चार सय बढी पशुको बलि दिइएको छ । शनिवार उमाकुण्ड गाउँपालिका वडा नं ४ स्थित चण्डी थानमा लागेको भव्य जात्रामा २५ वटा राँगा, १५० बढी बोका र ३ सय बढी भालेको बली चढाइएको वडा नं ५ पिर्तीका टेकबहादुर सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘यो वर्ष अलि घटेको हो । भव्य मेलाका बिच भाकल र परम्परा अनुसार बलिदिइने चलन छ ।’

 

यहाँ वडा नं ४ र ५ का सुनुवार जातिको विशेष पर्वको रूपमा चण्डी नाच्ने चलन चली आएका छ । यो वर्ष अन्य जातीको पनि दिवली परेकाले मेला भर्ना आउनेको सङ्ख्या भने निकै घटेको सुनुवारले सुनाए ।

 

जिल्लाका विभिन्न गाउँ,टोलमा अहिले कार्की, बस्नेत लगायतको समुदायमा दिवालीको माहौल तातेको छ । यी समुदायहरूले ३–३ वर्षको अन्तरालमा दिवाली गर्दै आएका छन् । टेकबहादुर सुनुवारका अनुसार यो वर्ष २ हजार बढीले चण्डी नाचको मेला अवलोकन गरेको दाबी गरिएको छ । गत वर्ष ८÷१० हजार बढी मेला भर्ना पुग्थे । 

 

पुजारी सन्तले सुनुवार र विर्खबहादुर सुनुवारले विशेष पूजा अर्चना गरी शान्ति, समृद्धि र कल्याणको कामना गर्ने गर्दछन् । केही दिनको घरदैलो पूजापछि एक दिन लाग्ने मेलाबाट यो वर्ष १२ देखि १५ हजार भेटी सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए । 

 

चण्डी भव्यताका साथ सम्पन्न भएको र दर्शनार्थी भने घटेको स्थानीयरहरुले बताएको प्रितीका प्रहरी वरिष्ठ हवल्दार जिवनबहादुर महतले बताए ।