जिल्ला हुलाक सार्वजनिक बिदाको दिन पनि खुल्ने, यी सेवा पाइने छ ?

| बैशाख २३, २०८० शनिबार

A A A
A A A

२३ वैशाख, रामेछाप । जिल्ला हुलाक कार्यालय रामेछापले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रदान गर्ने भएको छ । सरकारेले निर्धारण गरेको निर्णय अनुसार विभिन्न मुख्य चाड पर्वमा परेका बिदा बाहेक अन्य सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालय खुल्ने कार्यालयले एक सूचना प्रकाशन गरी जानकारी दिएको हो । 

 

 

सार्वजनिक बिदाको दिन हुलाकबाट डाँक सेवा अन्तर्गत पर्ने मेल सेवा, पार्सल सेवा र टिकट लगायतका सेवा प्रवाह हुने निमित्त हुलाक प्रमुख बैकुण्ठ लामिछानेले जानकारी दिए । 

 

 

यस अगाडि जिल्ला प्रशासन कार्यालय रामेछापले पनि सार्वजनिक बिदाको दिन पनि प्रशासन खुल्ला गरेर नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र जस्ता सेवा प्रदान गर्ने बताएको थियो । 

 

यी सेवा पाइने छ हेर्नुहोस् ?