गायक प्रकाश कटुवाल सुनको राष्ट्रिय झण्डा सहित सम्मानित

| बैशाख २४, २०८० आइतबार

A A A
A A A

२४ वैशाख, रामेछाप । लोक दोहोरी गायक प्रकाश कटुवाल सुनको राष्ट्रिय झण्डा सहित सम्मानित भएका छन् । आफू हाल सम्मकै अमूल्य सम्मानले सम्मानित भएको गायक कटुवालको भनाई छ । 

 

शनिवार राजधानीको कलङकिमा (युबडलू) को रेस्लिङ गेमको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानमा आफ्नो नाम राख्न सफल रेस्लर मुना श्रेष्ठले गायक कटुवाललाई सुनको राष्ट्रिय झण्डाले सम्मानित गरेको गायक कटुवालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

मैले आज सम्म हजार भन्दा बढी सम्मानहरू पाएको छु । तर, यसरी राष्ट्रिय झण्डा त्यो पनि सुनको पाउनु मेरो लागि ठुलो सम्मान हो, कटुवालले भने ।’

 

गायक कटुवालले रेस्लर श्रेष्ठको चर्चा गर्दै उनी हाल सम्म खेलेका २३ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहेको सुनाए । कटुवालले रेस्लर श्रेष्ठले आफू सहित अन्य गायकहरूलाई पनि सम्मान गरेको तर, यसरी सुनको झण्डा सहित सम्मान हुनेमा भने म मलाई मात्रै हो भने । उनले थपे ‘यसको म, मूल्यसँग तुलना गर्दिन यो मेरा लागि अमूल्य छ ।’

 

रामेछाप उमाकुण्डा गाउँपालिकाका स्थानीय गायक कटुवाल पछिल्लो युवा पुस्तामा चर्चित छन् । केही समय अगाडि आन्तरिक समस्याका कारण गायन क्षेत्रबाट बाहिर रहेका कटुवाल पछिल्लो समय यसै क्षेत्रमा सक्रिय छन् ।