गोकुलगंगामा २६ र २७ गते छुटेकालाई पहिलो र पहिलो डोज लगाएकालाई दोस्रो डोज भ्याक्सिन लगाइने

| जेठ २४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२४ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले ६०–६४ वर्षसम्मका वृद्धवृद्धाहरुलाई पहिलो डोज खोप लगाउन छुटेकालाई खोप लगाउने भएको छ । 

 

 

पालिकाले पहिलो डोज खोप लगाउन छुटेकालाई पहिलो तथा पहिलो डोज भेरोसिल खोप लगाएकालाई दोस्रो डोज भ्याक्सिन लगाउने तयारी गरेको जनाएको छ । 

 

 

खोप आउदो २६ र २७ गते लगाउने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । खोप पालिका स्थित गोकुगंगा अस्पताल रस्नालुमा लगाईने उल्लेख छ ।

गाउँपालिकाले जारी गरेको सूचना हेर्नुहोस्