‘फेकोफोन’ रामेछापको अध्यक्षमा खड्का, सचिवमा कार्की दोहोरिन्

| बैशाख २६, २०८० मंगलबार

A A A
A A A

२६ वैशाख, रामेछाप । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) रामेछापको अध्यक्षमा ज्ञानबहादुर खड्का निर्विरोध चयन भएका छन् । हालका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ विधान अनुसार पदमा बस्ने नमिल्ने भएका कारण नयाँ समिति गठन हुँदा गोकुलगंगा ५ नामाडीका  खड्का निर्विरोध अध्यक्षमा चयन भएका हुन् । 

 

त्यस्तै उपाध्यक्षमा रामेछाप नगरपालिका हिमगंगाका रत्नबहादुर नेवार चयन भएका छन् । भने, सचिवमा उमाकुण्ड ३  कुँबुँकास्थलीकी गंगा कार्की दोहोरिएका छन् । 

 

महासंघको कोषाध्यक्षमा मञ्जु कार्कीले जिम्मेवारी पाएकी छन् । मङ्गलवार सदरमुकाम मन्थलीमा सम्पन्न ७ औँ जिल्ला अधिवेशनले नयाँ १९ सदस्यीय जिल्ला समिति गठन गरेको हो । महासंघमा विगतका वर्षहरूमा ४२८ सामुदायिक वन समितिहरू आबद्ध रहेकोमा विविध कारणले पछिल्लो समय कम हुँदै गएको निवर्तमान अध्यक्ष श्रेष्ठले बताए । 

 

निर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको हुने छ ।