घातक रोगबाट पीडित मन्थलीकी ज्योति बुढाथोकीलाई पूर्व विद्यार्थीको आर्थिक सहयोग

| बैशाख २६, २०८० मंगलबार

A A A
A A A

२६ वैशाख, रामेछाप । विगत १५ वर्ष देखि धुलिखेल अस्पतालमा उपचार गराउँदै आएकी ज्योति बुढाथोकीलाई मन्थली माद्यामिक विद्यालयका पूर्व विद्यार्थी (२०५५) तत्कालीन (महेन्द्रदोय) का एस.एल‍.सी ब्याचले आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावमा गम्भीर प्रकृतिको रोगबाट पीडित उनको उपचार गराउन समेत समस्यामा परेको अवस्थालाई मध्यनजर गरेर बुढाथोकीका बुबा धुब्रबहादुर बुढाथोकीलाई मङ्गलवार तत्कालीन एस.एल.सी ब्याचले नगद २० हजार ५ सय ५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । 

 

ओखलढुङ्गा जिल्ला घर भएका बुढाथोकीको परिवार लामो समयदेखि रामेछाप सदरमुकाम मन्थलीमा ज्योति घडी पसल सञ्चालन गरेर बसोबास गर्दै आएका छन् । २२ वर्षीय किशोरी बुढाथोकीको बायाँ खुट्टा रोगकै कारण काटिएको छ । 

 

नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेको रोहबरमा मन्थलीमा एक अनौपचारिक छललकाबिच रकम हस्तान्तरण गरिएको हो । 

उनलाई चिकित्सा क्षेत्रमा अति नै दुर्लभ मानिने ‘सिस्टेमिक स्क्लेरोसिस’ भन्ने घातक रोग लागेका बताइएको छ । सो रोगबाट १७ वर्षअघि उनको बी एन्ड बी अस्पतालमा खुट्टाको औँला काटिएको थियो ।

 

पहिला खुट्टाको औला काटिए देखिनै उनको रोग बढ्दै गयो । जेठी सन्तान उनी डाक्टरको प्रारम्भिक सल्लाह अनुसार उनको घुँडामुनिको भाग काटेर फालियो । हाल सम्म डेढ करोड भन्दा माथि खर्च गरी सकेको बुबा धुर्बले बताए । 

 

खुट्टा काटेको भए पनि उक्त रोगले शरिरका हरेक अंगमा आक्रमण गर्ने भएकाले त्यसका लागि नियमित उपचार आवश्यक पर्छ । उनी नियमित अस्पतालको सम्पर्कमा बस्नु पर्ने बुबाको भनाई छ । 

 

अस्पतालले भने जस्तै ज्योतिको पछिल्लो समयमा मेरुदण्ड र मुटुमा समेत सङ्क्रमण देखिएको छ । पीडितका बुबाका अनुसार डाक्टरले उपचार लाग्छ भनेको र जीवनभर औषधि गर्नु पर्ने भनिएको छ । सबैबाट सहयोगको अपेक्षा गरेको बताउँदै बुढाथोकी भन्छन् ‘सबैबाट सहयोग पाउने आशा छ ।’

 

त्यस्तै रकम हस्तान्तरण गर्दै पूर्व विद्यार्थीहरूले आफूहरू पीडित परिवारका अन्य छोराछोरीको पठनपाठनको निम्ति सहयोग गर्न लागि पर्ने प्रतिबद्धता पनि जनाए ।   

 

यस्तो अवस्थामा छिन् ज्योति भिडिओमा हेर्नुहोस् ।