प्रहरीले मोटरसाइकल चोरेर टुक्रा-टुक्रा परेको घटना प्रकरणः प्रहरी सहित तीनै आरोपित १ लाख ९० हजार धरौटीमा छुटे

| बैशाख २७, २०८० बुधबार

फाइल फोटो
A A A
A A A

२७ वैशाख, रामेछाप । गत वैशाख १ गते मन्थलीबिच बजारबाट रमेश नेपालीको बागमती  प्रदेश ०२–०२८ प ०९०७ नम्बरको यामाहा एफ् जेट् मोटरसाइकल चोरी गरी टुक्रा–टुक्रा परेको अवस्थामा फेला पारिएको घटनामा संलग्नलाई धरौटीमा छाडिएको छ । जिल्ला अदालत रामेछापले गत सोमबार घटनामा संलग्न तीन जनालाई कूल १ लाख ९० हजार धरौटीमा छाड्ने आदेश दिएसँगै धरौटी तिरेर आरोपीहरू छुटेका छन् । 

 

घटनाका मुख्य योजनाकार एवं दोषी भनिएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी (सवारी चालक) नवराज भण्डारीलाई जिल्ला अदालत रामेछापले एक लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका श्रेस्तेदार रामप्रसाद पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘म केही दिन यता जिल्ला बाहिर छु । मलाई आएको जानकारी अनुसार तीन जनालाई धरौटीमा छाडिएको छ । प्रहरीलाई १ लाख ५० हजार र अन्य दुईलाई २०–२० हजार ।’

 

उनका अनुसार घटनामा संलग्न मोटरसाइकल वर्कसपका मिस्तिरि अर्जुन तामाङ र विवेक केसीलाई २०–२० हजार धरौटीमा तिराइएको हो । तीनै जना धरौटी रकम बुजाएर सोमबार राति छुटेको श्रेस्तेदार पौडेलले बताए ।  

  

जिल्लाकै मुटुको रूपमा रहेको मन्थलीबिच बजारबाट यसरी पार्किङमा राखिएको मोटरसाइकल चोरेर प्रहरीकै मुख्य योजनामा टुक्रा–टुक्रा पारिए पछि सबै चकित परेका थिए । 

उनीहरू सबै खुलेआम हिँड्न थालेका छन् । तर, मैले न गुमेको सम्पत्ति पाएको छु । न्यायको अनुभूति गर्न समेत पाइन् । मलाई केही थाहा समेत छैन । मलाई कसैले केही गर्‍यो भने के हुन्छ । असुरक्षित भएको छु ।’

साथै उक्त घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने माग गर्दै आएका छन् । तर, मोटरसाइकल चोरी गरी अपत्यारिलो तरिकाले घटना घटाएका प्रहरी जवान सहितलाई अदालतले भने धरौटीमा छाडेपछि पीडित भनिएका रमेशले आफू असुरक्षित महसुस गरेको बताउन थालेका छन् । 

 

उनले रामेछाप टाइम्ससंग भने ‘उनीहरू सबै खुलेआम हिँड्न थालेका छन् । तर, मैले न गुमेको सम्पत्ति पाएको छु । न्यायको अनुभूति गर्न समेत पाइन् । मलाई केही थाहा समेत छैन । आरोपितहरू छुटिसके छन् । भोलि मलाई कसैले केही गर्‍यो भने के हुन्छ । असुरक्षित भएको छु ।’

 

उनले दोषीहरू छुट्दा समेत आफूसँग कसैले केही जानकारी नभएको बताए । 

 

यता सरकारी वकिल योगेन्द्र ढुङगेलले भने चोरीका घटनामा संलगनहरु प्राय धरौटीमा छुट्ने गरेको सुनाउँदै यो पनि त्यस्तै भएको बताए । ‘चोरीका मुद्दामा सबै यस्तै हुन्छ । तर, न्याय मर्न पाउँदैन । त्यसमा शङ्का गर्नु पर्दैन । अदालतबाट पूर्णपाठ आएपछि थप किलिएर हुन्छ ।’ उनका अनुसार बुधबार घटनाको पूर्णपाठ आउने तयारी छ । 

 

सरकारी वकिल ढुङगेलका अनुसार अदालतले पुर्पक्षमा पठाएर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने हुँदा धरौटीमा छाडिएको सुनाउँदै पीडितले गुमाएको बिल अनुसारको क्षति पूर्ति कानुनतः पाउने बताए । त्यसको लागि अदालतको फैसला आउनु पर्ने छ ।

 

यता जनताको सुरक्षाको जिम्मा पाएको प्रहरी लेनै यस्तो आश्चर्य चकित पार्ने घटनामा मुख्य योजनाकार बनेर घटना घटाएकाले उसैलाई धरौटीमा छुटाएपछि यहाँका स्थानीय व्यवसायीहरू भने आक्रोशित बनेका छन् । ‘अरू छुट्नु ठिकै हो तर, त्यो आपराधिक योजनाकारलाई धरौटीमा छुटाउनु प्रहरीले बचाएको देखिन्छ । सत्य, तथ्य छानबिन हुनु पर्छ । प्रहरीले त्यसको जवाफ दिनु पर्छ, मन्थलीका एक व्यवसायीले आक्रोशित हुँदै भने । साथै त्यसको जवाफ प्रहरीले नदिएमा आफूहरू आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । 

 

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।

मोटरसाइकल चोरी घटना प्रकरण : रामेछाप प्रहरीका प्रवक्ताले भने ‘कसुरमा संलग्न कडा कारबाही गर्छौँ’
मन्थलीबिच बजारबाट हराएको मोटरसाइकल प्रहरी ‘अधिकारीले’ चोरी गरेको खुलासा, टुक्रा–टुक्रा भेटियो